अबैध भएको थाहा भएर पनि केही गर्न सकेका छैनन् सम्बन्धित निकायले । प्लटिंगको अनुगमन गर्ने जिल्ला आयुक्तको कार्यालय भक्तपुरका सूचना अधिकारी गणेशराम कोजुलाई यसकोबारे समाचारमार्फत मात्र थाहा भएको बताए । आधिकारिक केही सुचना नभएको उनले जानकारी दिए । अबैध भनेर थाहा भएर पनि आफूूहरुले केही गर्न नसक्ने उनको भनाई छ ।
[[img2]]
अनाहकमा मृत्युवरण गर्नुपरेपछि शनिबार साझँमात्रै मृत्यु भएका दुई जना व्यक्तिहरुको लास उठाइएको छ । दुर्घटना शुक्रबार साँंझ चार बजे नै भए पनि शनिबार साँंझ चार बजेसम्म लाश उठाइएको थिएन । माटोको ढिस्कोले पुरेर मृत्यु भएका दुई जना उनीहरुको लास शनिबार ५ बजे उठाएको थियो । घटनाको झण्डै २५ घण्टामा लाश उठाइएको थियो ।
मृतक चतुरसिंह लामाका भान्जी सुमिना लामाले यस्ता अवैध प्लटिंगको कारण आफना फुफुजस्ता गरिव मानिसले कहिलेसम्म ज्यान दिइरहनुपर्ने भनी प्रश्न गरिन् । उनले चतुरसिंह करिब ५–६ दिनदेखि यहाँ काम गर्न आएको जानकारी गराइन् । उनको श्रीमती, एक छोरा र एक छोरी रहेको उनले बताइन् ।
घटना भएपछि स्थानीय तथा पीडितले क्षतिपूर्तिको मागसहित आन्दोलन गरिरहेका थिए । घटनापछि प्लानिङ गर्ने चम्पा श्रेष्ठ सम्पर्कबिहीन भएकी थिइन् । लामो प्रयासपछि उनीहरु सम्पर्कमा ल्याइएको थियो । सम्पर्कमा आएपछि वार्ता भएको थियो । वार्ता घटनास्थल नजिकैको भक्तपुरको चागुनारायण नगरपालिका वडा नम्बर ९ को कार्यालयमा भएको थियो ।
चाँगुनारायण नगरपालिका वडा नं ९ का वडाअध्यक्ष गणेश त्यातले पीडित परिवारलाई १५–१५ लाख क्षतिपूर्ति दिनेमा सहमति भएको बताए । प्रत्येक मृतकको परिवारलाई १५–१५ लाख क्षतिपूर्ति दिनेमा सहमति भएको उनले बताए । अबैध प्लटिंगमा भएको कारण सो कार्य रोक्न तथा कार्वाहीको माग राखेको उनले जानकारी गराए । वडामा आफूले निरन्तर प्लटिंगको विरोधमा काम गरिरहेको उनले जनाए ।
चाँगुनारायण नगरपालिकाका सबै वडाहरुमा अबैध प्लटिङ्ग भइरहेको देखिन्छ जताजतै । नगरपालिकाको वडा नं १ देखि वडा नं ९ सम्म नै जताततै अवैध प्लटिङ्गका काम भइरहेका घाम जस्तै छर्लग देखिन्छ । तर नगरपालिकालाई भने कुनै पनि प्लटिङ्गलाई स्वीकृति नदिएको बताउँछन् । चाँगुनारायण नगरपालिकामा मात्रै ८० स्थानमा १ सय ५६ ओटा प्लटिङ्ग अबैध रुपमा भइरहेको तथ्यांक छ । तर नगरपालिकालाई भने कुनै पनि प्लटिङ्गलाई स्वीकृति नदिएको बताउँछन् ।
चाँगुनारायण नगरपालिका सबैभन्दा बढी प्लटिङ्ग भएको वडा नम्बर १ हो । त्यहाँं १५ स्थानमा ३१ वटा अबैध प्लटिङ्ग भइरहेको तथ्यांक छ । सबैभन्दा कम २ वडामा २ स्थानमा प्लटिङ्ग भइरहेको छ । त्यस्तै क्रमशः ३ वडामा १२ स्थानमा १२ ओटा, ४ वडामा १० स्थानमा २४ ओटा, ५ वडामा ५ स्थानमा ११ ओटा, ६ वडामा २ स्थानमा ७ ओटा, ७ वडामा १२ स्थानमा २१ ओटा, ८ वडामा १३ स्थानमा २६ ओटा र ९ वडामा ९ स्थानमा २२ ओटा प्लटिङ्ग भइरहेका छन् ।








