यहाँयहाँ छन् भक्तपुरका शुक्रबारका संक्रमित

आज भाद्र १९ गते शुक्रबार स्वास्थ्य मन्त्रालयबाट भक्तपुर जिल्लामा ३६ जना कोरोना भाईरस संक्रमित बिरामी भएको पुष्टि गरेता पनि स्वास्थ्य कार्यालय भक्तपुरमा ३४ जनाको मात्र नामावली आएको जानकरी दिएको छ ।
कार्यालयका अनुसार आज पनि मध्यपुर थिमिमा संक्रमितको संख्या बढेको छ । जसमा मध्यपुर थिमिको बोडे, सागवारी, गठ्ठाघर, लौहकन्थली, निलवाराही, दुईपोखरी , नगदेशलगायतमा (११ पुरूषर७ महिला) गरि १८ जना, भक्तपुर नपामा (३ पुरूषर७ महिला) गरि १० जना, सुर्यबिनायक नगरपालिका ३ जना पुरूष र चागुनारायण नपामा २ जना पुरूष रहेको छ भने १ जना पुनः परिक्षण भएको जनाएको छ ।