भक्तपुर । भक्तपुर नगरपालिकाको आयो भक्तपुरबाट सरुवा भई जानुहुने महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक सबिन प्रधानको बिदाइ कार्यक्रम बुधबार सम्पन्न भयो ।
बिदाई कार्यक्रममा भक्तपुर नगरपालिकाका नगर प्रमुख सुनिल प्रजापतिले जनप्रतिनिधि तथा कर्मचारीहरुले जुनसुकै क्षेत्रमा इमानदारीपूर्वक काम गर्नुपर्ने बताउनु हुँदै राम्रो काम सँधै स्मरणीय हुने र नराम्रो कामले बद्नाम गर्नेतर्फ सजग पार्नुभयो ।.
प्रहरी उपरीक्षक सबिन प्रधानले भक्तपुर बस्दाको अनुभव आदानप्रदान गर्नुहुदै भक्तपुरलाई आफ्नो कार्य क्षेत्र बनाई काम गर्दा निकै सकारात्मक सहयोग पाएको अनुभूति भएको बताउनुभयो र काम गर्ने सिलसिलामा देखिएका संस्थागत र राजनैतिक चुनौतीह? भक्तपुर नगरपालिकासँगको आपसी समन्वयमा समाधान भएको बताउनुहुँदै प्रहरी उपरिक्षक प्रधानले लकडाउनको समयमा पनि बिस्केट जात्रा व्यवस्थापन निकै शान्तिपूर्वक भएको र आफ्नो कार्यकालबाट सन्तुष्ट भएको विचार व्यक्त गर्नुभयो ।
कार्यक्रममा बिदाई कार्यक्रममा भक्तपुर नगरपालिकाका उपप्रमुख रजनी जोशी र भक्तपुर नगरपालिकाका वडा नं ९ का वडाध्यक्ष रबिन्द्र ज्याख्वले पनि बोल्नुभएको थियो ।
नगर प्रम’ख प्रजापतिले प्रहरी उपरीक्षक प्रधानलाई भक्तप’रको प्रसिद्ध मय’र झ्याल र भाँदगाउँले टोपी लगाई दिन’भएर बिदाइ गनर्’भयो . प्रहरी उपरीक्षक सबिन प्रधान २)७६ साल जेठ !७ गते महानगरी प्रहरी परिसर भक्तप’रमा स?वा भएर आउन’भएको हो .










