काठमाडौं ः राष्टिय उपभोक्ता महासंघले अस्वस्थकर खानेपानी उत्पादन गरी वढी मूल्य लिने पानी उद्योगमाथि कारबाही गर्न सरकारसँंग माग राखेको छ ।
उपरोक्त बिषयमा मानव जीवनको लागी अति आवश्यक पदार्थको रुपमा रहेको खानेपानीको आपूर्ति व्यवस्थापन तथा बिक्रि बितरण नेपालमा सार्वजनिक संस्थान र निजी क्षेत्रका उद्योगी व्यवसायीहरुबाट हुंदै आएको व्यहोरा श्रीमानमा अवगत नै भएको होला ।
निजी क्षेत्रबाट बितरण हुने खानेपानीको मूल्य, गुण र गुणस्तर तथा बितरण व्यवस्था बारेमा पटक पटक सर्वसाधारण उपभोक्ताहरुबाट आई रहेको अवस्थामा खाद्य ऐन, २०२३ अनुसार प्रशोधित पिउने पानीको गुणस्तर निर्धारण गरेकोछ भने प्रशोधित पिउने पानी उत्पादन मापदण्ड सम्बन्धी निर्देशिका २०७४ खानेपानी उद्योगी, ढुवानी व्यवसायी तथा अन्य व्यवसायीहरुले अनिवार्य पालना गर्नु पर्ने व्यवस्था गरिएकोछ ।
श्रीमान,
२० लिटर जारको पानी अधिकतम खुद्रा मूल्य ५० रुपैयां भन्दा बढि लिन नपाइने गरी व्यवसायी, उपभोक्ता र बाणिज्य बिभाग बिच भएको मिति २०७७।४।२४ गतेको सहमति सहितको प्रतिवेदन, उपभोक्ता संरक्षण ऐन, ०७५ तथा खाद्य ऐन, २०२३ बिपरित अनुचित तथा गैरकानूनी व्यापारिक कृयाकलाप गरेको देखिन आएको हुंदा सिध्दीलक्ष्मी अक्वा पानी उद्योग माथि हदैसम्मको कारवाही गरी पाउन अनुरोध गर्दछौं ।









