७ फरार प्रतिवादी पक्राउ, भक्तपुर अदालत पेश

भक्तपुर, १७ भदौ । जिल्ला अदालत भक्तपुरबाट विभिन्न मुद्दामा दोषी ठहर भई फरार रहेका ७ जना प्रतिवादीहरूलाई प्रहरीले पक्राउ गरेको छ

जिल्ला प्रहरी परिसर भक्तपुर, प्रहरी वृत्त ठिमी, जगाती तथा मातहतका प्रहरी कार्यालयबाट खटिएको टोलीले उनीहरूलाई पक्राउ गरी फैसला कार्यान्वयनका लागि जिल्ला अदालत भक्तपुरमा बुझाएको हो

पक्राउ पर्नेहरूमा चेक अनादर मुद्दाका २ जना, बैंकिङ कसुर मुद्दाका ३ जना र लागू औषध मुद्दाका २ जना गरी कुल ७ जना रहेका छन्

अदालतको फैसला अनुसार उनीहरूबाट कुल ३ वर्ष १० महिना ५ दिन कैद सजाय र २२ लाख ३१ हजार ५ सय रुपैयाँ जरिवाना असुल हुन बाँकी रहेको जिल्ला प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक (डिएसपी) दिपक कुमार कार्कीले जानकारी दिनुभयो

पक्राउ परेका प्रतिवादीहरूबाट मुद्दा अनुसारको कैद र जरिवाना विवरण:

  • चेक अनादर (२ जना): रु. १,५०० जरिवाना

  • बैंकिङ कसुर (३ जना): ८ महिना ५ दिन कैद र रु. १९,३०,००० जरिवाना

  • लागू औषध (२ जना): ३ वर्ष २ महिना कैद र रु. ३,००,००० जरिवाना

Leave a Reply

Your email address will not be published. Required fields are marked *