भक्तपुर । बुधबार दिउँंसो यहाँं परेको हावाहुरी र असिनापानीले सयौं व्यवसायिक गोलभेडा खेतीमा क्षति पु¥याई लाखौंका गोलभेडा नष्ट भएका छन् । ब्यबसायिक कृषि फर्महरु नष्ट भई सयौं व्यवसायिक फर्मका गोलभेडामा क्षति पुगेका हुन् । रोपाइका लागि पानी पर्दा धेरै किसानहरु खुसी देखिए पनि यसबेला गोलभेडा खेती गरेका किसानहरु दुःखी भएका छन् । पानीसँगै हावाहुरी र असिनाले गोलभेडासहितको नगदेबाली सबै नष्ट पारेको हो ।
भक्तपुरको चाँंगुनारायण नगरपालिका वडा नं ३ झौखलेमा व्यवसायिक गोलभेडा गरिरहेका तुल्सीराम धुख्वाले आफनो मात्रै नभई धेरै किसानका गोलभेडाका टनेलहरु उडाई थिचेका कारण लाखौंको गोलभेडाहरु नष्ट भएको जानकारी गराए । सधै परम्परागत रुपमा धान र गहुँंमै सिमित हामी नगदेबालीबाट उत्थान होला भनेर लागेको त्यसमा पनि खतमै भइयो, शुक्रबार नागरिकसँंग उनले भने, अव हामी कसरी अगाडि वढ्ने होला ?
हावाहुरीले कृषकहरुले लगाएको टनेल खेती सबै उठाएका छन् । बालीनाली बिगारेको छ । मकैंका बोटहरु सबै भाचिएका छन् । गोलभेडा, तरकारीबारीका अधिकांस टनेलहरु हावाले उदाएका हुन् ।
सुवाल कृषि फर्मका पूर्णभक्त सुवालले हावाहुरी तथा असिनापानीले आफनो मात्रै
११ लाख ४१ हजार पाँंच सय ७२ रुपैयाँं बराबरको गोलभेडा नष्ट भएको हिसाव निकाले । व्यवसायिक रुपमा गोलभेडा गर्नेहरु यो पटक सवै जीवनमरणको अवस्थामा पुगेको दुःख उनले विसाए ।
बेमौसमी तरकारीबारीमासमेत नोक्सानी गरेको भन्दै प्रगतिशल कृषक समूह भक्तपुरका गणेशराम सुवालले जिल्लाका अधिकास क्षेत्रका प्लास्टिका टनेल, जस्ताले छाएका टहराहरुसमेत हावाले उठाएको बताए । हजारौं व्यवसायिक कृषकहरुको कृषी उद्योगहरु बुधबारको असिनापानी र हावाले ध्वस्त बनाएको उनको भनाई छ । उनले भने, कृषकहरुका करोडौ नक्सानी भएको छ । कृषि विकास कार्यालयबाट अनुदान प्राप्त गरेका कृषकहरुले मात्रै हावाहुरीले गरेको नोक्सानीको केही क्षतिपूर्ति पाउने भए पनि अन्य सर्वसाधारण कृषकले ब्यहोरेको क्षतिप्रति कुनै पनि निकायले चासो दिएको छैन ।
पीडित किसानहरुले कृषि ज्ञान केन्द्र ललितपुरमा लिखित निवेदन दिई क्षतिपूर्तिको माग गरेका छन् । जेठ २८ गते दई बजेदेखि ४५ मिनेटसम्मको निरन्तरको हावाहुरी तथा असिनपानीले गोलभेडा खेतीका प्लाष्टिकका घर (टनेल) मा क्षति पु¥याई लाखौंका गोलभेडा नष्ट भएको भन्दै उनीहरुले शुक्रबार मागपत्रसहितको क्षतिपूर्तिको माग राखेका छन् । हावाहुरी तथा असिनापानीले व्यवसायिक रुपमा कषि पेशामा लागेका कृषकहरुको व्यवसाय चौपट भएको निवेदनमा उल्लेख छ ।









