भक्तपुर । भक्तपुरको झौलखेलस्थित नेपाल इको प्यानल प्रा.लि.को कारखाना परिसरमा “स्वस्थ कर्मचारी, स्वस्थ उद्योग” भन्ने उद्देश्यका साथ वार्षिक स्वास्थ्य तथा आँखा परीक्षण कार्यक्रम सम्पन्न भएको छ। उद्योगमा कार्यरत सम्पूर्ण कर्मचारी तथा उनीहरूका परिवारका सदस्यलाई लक्षित गरी आयोजित कार्यक्रममा सामान्य स्वास्थ्य परीक्षण (General Health Check-up) तथा आँखा परीक्षण गरिएको थियो। कार्यक्रममा चिकित्सक तथा स्वास्थ्यकर्मीहरूको टोलीले सहभागीहरूको स्वास्थ्य अवस्था परीक्षण गर्दै आवश्यक स्वास्थ्यसम्बन्धी परामर्शसमेत प्रदान गरेको थियो। नेपाल इको प्यानलले कर्मचारीको स्वास्थ्य, सुरक्षा तथा कार्यस्थलमा सुरक्षित वातावरणलाई उच्च प्राथमिकता दिँदै आएको छ। उद्योगले ISO 9001:2015, ISO 14001:2015 र ISO 45001:2018 का मापदण्डहरू अवलम्बन गर्दै आएको छ। विशेषगरी ISO 45001:2018 अन्तर्गतको Occupational Health and Safety (व्यावसायिक स्वास्थ्य तथा सुरक्षा) व्यवस्थापन प्रणालीलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्ने क्रममा कर्मचारीहरूको नियमित स्वास्थ्य परीक्षणलाई महत्वपूर्ण कार्यक्रमका रूपमा अघि बढाइएको कम्पनीले जनाएको छ। कम्पनीका अनुसार स्वस्थ र सुरक्षित कर्मचारी नै उत्पादनशील उद्योगको आधार भएकाले कर्मचारी तथा उनीहरूका परिवारको स्वास्थ्यप्रति जिम्मेवार बन्ने उद्देश्यले यस्ता कार्यक्रमलाई निरन्तरता दिइनेछ। कार्यक्रमले कर्मचारीहरूमा स्वास्थ्यप्रति सचेतना अभिवृद्धि गर्नुका साथै सुरक्षित, स्वस्थ र जिम्मेवार कार्यस्थल निर्माणमा समेत सकारात्मक योगदान पुर्याउने विश्वास गरिएको छ।
स्वस्थ कर्मचारी, स्वस्थ उद्योग : नेपाल इको प्यानलमा वार्षिक स्वास्थ्य तथा आँखा परीक्षण सम्पन्न












Leave a Reply