मध्यपुर थिमी। कवि सूर्यप्रसाद लाकोजूको नवीनतम कविता सङ्ग्रह ‘एक झुल्को घाम’ को हालै मध्यपुर थिमीमा आयोजित विशेष समारोहबीच लोकार्पण गरिएको छ। वरिष्ठ कलाकार तथा कार्यक्रमका प्रमुख अतिथि मदनकृष्ण श्रेष्ठले कविता सङ्ग्रहको लोकार्पण गर्नुभएको हो।उहाँले साहित्यकार राष्ट्रिय गौरव भएको विचार राख्नुभयो । लोकार्पण समारोहमा समालोचकद्वय डा. ज्ञानु अधिकारी र रमेशचन्द्र अधिकारीले ‘एक झुल्को घाम’माथि समीक्षात्मक मन्तव्य राख्नुभएको थियो। उहाँहरूले कृतिमा समेटिएका कविताका विषयवस्तु, भाव, शैली, सामाजिक चेतना तथा कविको काव्यचेतनाका विविध पक्षबारे चर्चा गर्नुभयो। कार्यक्रममा कृतिका सर्जक सूर्यप्रसाद लाकोजूले आफ्नो सिर्जनायात्रा, कविता लेखनको पृष्ठभूमि तथा ‘एक झुल्को घाम’ तयार हुँदासम्मका अनुभवबारे मन्तव्य राख्नुभयो। त्यसैगरी राजुराम मुनकर्मी र वसन्त मुनकर्मीले पनि शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो। सोही अवसरमा ‘एक झुल्को घाम’ कविता सङ्ग्रहबाट विभिन्न कविहरूले कविता वाचनसमेत गरेका थिए। बुद्धिकृष्ण् घो , ध्रुवकृष्ण ताम्राकार, हिसिलिना साक्य, रहेना मानन्धर नकर्मीलगायतका कविहरूले कृतिमा समेटिएका कविता प्रस्तुत गरेका थिए। कविता वाचनले समारोहलाई थप साहित्यिक र सृजनात्मक बनाएको थियो। कार्यक्रममा बोल्ने वक्ताहरूले ‘एक झुल्को घाम’लाई कवि लाकोजूको साहित्यिक यात्राको महत्वपूर्ण कृतिका रूपमा चर्चा गर्दै यसमा अभिव्यक्त मानवीय संवेदना, सामाजिक सरोकार, समकालीन जीवनबोध र काव्यिक सौन्दर्यका विविध पक्षमाथि आ–आफ्ना धारणा राखेका थिए। एक झुल्को घाम कविता सङ्ग्रहका सर्जक लाकोजूका कविता, निबन्ध, हाइकु, नियात्रा, मुक्तक , अनुवाद विधामा कलम चलाउँदै आएका लाकोजूका करिव तीन दर्जनभन्दा बढी साहित्यि कृतिहरू प्रकाशित छन् । त्यतिकै सङ्ख्यामा उनले साहित्यिक कृतिको सम्पादन समेत गरेका छन
सूर्यको ‘एक झुल्को घाम’ लोकार्पण












Leave a Reply