भक्तपुर , १४ कार्तिक । केदार नाथ बचत तथा ऋण सहकारी संस्था लि.१४ आैं साधारणसभामा नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य एवं भक्तपुर नगरपालिका ७ नं वडाध्यक्ष उकेश कवाँको प्रमुख आतिथ्यतामा थापा पार्टी प्यालेस सूर्यविनायकमा शनिबार एक समारोह बीच सम्पन्न भयो ।
प्रमुख अतिथि उकेश कवाँले पानसमा दीप प्रज्वलित गरि उद्घाटन गर्नु भई उहाँले सुशासनको निम्ति आएको सरकारले तिहार चाडपर्व मनाउने तिथि मिति विवादित बनाएको बताउँदै भनपाबाट सरोकारवाला बैऽक राखी अन्यल हटाउन क्रमश कार्तिक २२, २३ र २४ गते गर्ने निर्णय गरेको बताउनुभयो । उहाँले देशभर नेवार एकता नभएको गुनासो आएको बताउँदै नेपाल सम्बत मान्न नलगाउने षड्यन्त्र भएको आशंका व्यक्त गर्नएभयो ।
उहाँले पृथ्वीमा तापक्रम वृद्धिसंगै हिमालमा असरले हाइड्रोपावरमा लगानी अनिश्चित हुने र अर्थतन्त्रमा प्रभाव पर्ने बताउनुभयो । उहाँले रसुवा बाढीबाट कुन ठाउँमा बस्ती बसाउन मिल्ने नमिल्ने अध्ययन गरी व्यवस्थित आवास योजना गर्नुपर्ने बताउनुभयो । उहाँले प्राकृतिक कार्य गर्नुपर्नेमा अप्राकृतिक कार्यले वातावरण प्रदुषणले बिभिन्न विपत्ति निम्ति रहेको बताउनुभयो । उहाँले नाफाको निम्ति पुजीवादी व्यवस्थामा जेपनि गर्ने बताउँदै अमेरिकाले भेनेजुयलाका राष्ट्रपति अपहरण गरेको बताउनुभयो । उहाँले नेपाली जनताको थाप्लोमा ३० खर्ब ऋण पुगिसकेको बताउँदै सरकारले नागरिक माथि कर थोपर्ने र ५ वर्षमा ६० खर्ब ऋण पुग्ने बताउनुभयो । उहाँले विना योजना ऋण लिन नहुने बताउँदै ऋण लिएर न अस्पताल कलेज बन्यो न पुल बन्यो भन्नुभयो ।
उहाँले प्रमले संयुक्त राष्ट्र संघंमा मल अभाव भएको मल माग्नु उपयुक्त नभएको र बरु देशमा मल कारखाना नखोल्ने सरकारको दोष भएको बताउनुभयो । उहाँले युध्दको पक्षपोषण गर्ने अनि तेल अभावको कुरा उठाउने दोहोरो चरित्र हो भन्नुभयो । उहाँले दुई दिन बिदाको विरोध गर्दै आइतबार विदाले कति पेट्रोलियम पदार्थ कम भयो भन्नुभयो । उहाँले देश परनिर्भरताले २४ घण्टा काम गर्नुपर्ने वातावरण तयार गर्दै गरेको सरकारको विरोध गर्नुभयो । उहाँले सहकारीका सदस्यले इमानदारी र नैतिकता काम गर्ने बताउँदै सहकारी अहित हुने विषयमा संघर्ष गरि सहकारीको हितमा अगाडि बढ्नुपर्छ भन्नुभयो । उहाँले सहकारीले पैसा फिर्ता नदिई जग्गा दिने कार्यको विरोध गर्दै भक्तपुर नगरपालिका भित्रको सहकारीहरु सरसल्लाह र सहकार्य गर्दै अगाडि बढ्नु पर्ने बताउनुभयो । उहाँले सहकारीको सहयोगले अक्सिजन फ्रि वितरण गरेको बताउनुभयो । उहाँले स्वास्थ्यलाई राम्रो बनाउन वडा वडामा स्वास्थ्य केन्द्र खोल्न कार्य भएको विशेषज्ञ डाक्टर सहित राखी संचालनमा ध्यान दिएको बताउनुभयो । उहाँले नाफामा भन्दा समुदायमा आधारित सहकारीमा राज्यको एक पैसा लगानी नभएकोले यसलाई बचाउने दायित्व हाम्रो हो भन्नुभयो ।
कार्यक्रममा जिल्ला बचत तथा ऋण सहकारी संघका उपाध्यक्ष जगन्नाथ प्रजापतिले साधारणसभा शेयर सदस्य खचाखच भर्नुपर्ने र सदस्य सचेत भई सहाकारीले के के राम्रो काम गरेको छ छैन भनि साधारणसभामा छलफल गर्नुपर्ने बताउदै समुदायमा आधारित सहकारीले ५७ करोडको कारोबार टिमवर्कले सफल भएको बताउनु भयो । उहाँले सहकारीको नियमन होइन प्रवर्द्धन र स्वायत्तता सहकारीको मूल मर्म भएको बताउनुभयो । उहाँले हप्ता हप्तामा निर्देशनको सत्ता सरकारले एकिकृत निर्देशन आवश्यक छ भन्नुभयो । उहाँले राष्ट्रिय प्राधिकरण मार्फत मात्र ३२००० मा १२००० मात्र दर्ता गरेको बताउदै अधिकार प्रत्यायोजन स्थानीय सरकार मार्फत गर्नुपर्ने बताउनुभयो । उहाँले सेवा शुल्क नलिई कसरी सहकारी संचालन गर्ने बताउदै प्रक्रियागत शुल्क आवश्यक छ भन्नुभयो । उहाँले भक्तपुरका १३२ वटा सहकारीलाई रोक्न खोजे सरकारलाई बाढी पहिरोले जस्तै बगाउने बताउनुभयो । उहाँले सदस्य र जनताको हित नहुने कानुन र निर्देशन कागजको खोस्ता हुने बताउनुभयो । उहाँले संचालक समितिको प्रोपर टेष्ट कालोसूची प्रमाण किन चाहियो जब कि ऋण लिन नपाउने हो भने प्रम र राष्ट्रपति बन्न योग्यता नचाहिने तर सहकारीमा किन योग्यता चाहियो भन्नुभयो ।
कार्यक्रममा सल्लाहकार रामकृष्ण प्रजापतिले सम्मानित जेष्ठ सदस्यज्युहरु, असल बचत र असल ऋणी, शैक्षिक क्षेत्रबाट सम्मानितहरुलाई पनि बधाई दिँदै साधारणसभाको पूर्ण सफलताको कामना गर्नुभयो । उहाँले सहकारी संस्था सञ्चालक समितिको मात्र होइन, यो सम्पूर्ण सदस्यहरूको साझा सम्पत्ति हो। यसको संरक्षण गर्ने जिम्मेवारी सञ्चालक, कर्मचारी र सदस्य सबैको हो भन्नुभयो । उहाँले सहकारीलाई केवल बचत गर्ने र ऋण दिने संस्थाका रूपमा मात्र नहेरी सामूहिक आर्थिक विकास र आत्मनिर्भरताको माध्यम भएको बताउनुभयो। उहाँले सहकारीको वास्तविक पुँजी पैसा मात्र होइन, सदस्यहरूको विश्वास हो। विश्वास जोगाउन पारदर्शिता, आर्थिक अनुशासन र सुशासन अनिवार्य भएको बताउनुभयो। उहाँले केदार नाथ बचत तथा ऋण सहकारी संस्था आगामी दिनमा सदस्यहरूको विश्वास जित्दै भक्तपुरकै एउटा नमुना र व्यवस्थित सहकारी संस्थाका रूपमा अगाडि बढोस् भन्ने हार्दिक शुभकामना व्यक्त गर्नुभयो। उहाँले अहिले संचालक समितिमा बसेर काम गर्न सजिलो नभएको बताउँदै सहकारी ऐन कानुनले कडाइ, ऋण दिने र बचत संकलन गर्ने सीमा निर्धारण, ऋणीले ऋण नतिरे संचालक जिम्मेवारी र संचालकबाट असुल गर्ने गरि ऐन कानुनले सुरक्षित लगानीमा ध्यान पुर्याउनु पर्ने बताउनुभयो । उहाँले संचालक र व्यवस्थापक योग्यता निर्धारण गरेकोले नयाँ पुस्ता र हाम्रा छोराछोरीहरूलाई सहकारीमा ल्याइ समाजमा अगाडि सार्नुपर्ने बताउँदै जग भएन भने सहकारीलाई जोगाउन गार्हो हुने बताउनुभयो। उहाँले खर्च मितव्ययी र आर्थिक अनुशासन कायम गरि ५७ करोडको वासलातमा आ.ब.२०८२/०८३ मा ९५ लाखभन्दा बढी नाफा लिन सफल नेतृत्व अध्यक्ष राजभाइ तजल्याको संचालक समितिको टिम र व्यवस्थापक दयाराम तजलेको कर्मचारी टिमलाई पनि बधाई तथा धन्यवाद दिनुभयो ।
कार्यक्रममा जिल्ला सहकारी संघका सुलोचना दुवालले चुनाैती पुृ्ण अबस्थामा बचत फिर्ता विश्वानियतता वचत सुरक्षित र आपसी सहयोगी हुनुपर्ने बताउनुभयो । कार्यक्रममा सल्लाहकार एवं मोर्डन मा.बि.का संस्थापक बाबुकाजी कसपालले कुशल नैतृत्व र इमानदार कार्य शैली साथै भक्तपुर नगरपालिकाले नियमित अनुगमनले संस्था सुरक्षित र उत्कृष्ट रुपमा संचालन भएको बताउनुभयो । कार्यक्रमका संस्थाका अध्यक्ष राजभाइ तजल्येको सभापतित्वमा सम्पन्न कार्यक्रममा उद्घोषक ऋषि श्रेष्ठ स्वागत मन्तव्य राख्दै व्यवस्थापक दयाराम तजले विश्वासको समि हुन नदिने ७५९ बाल बचत गरी ४००० भन्दा बढी सदस्य बनाउन सफल भई ५७ करोड कारोबार भएको बताउनुभयो । कार्यक्रममा आर्थिक प्रतिवेदन कोषाध्यक्ष साजन कसपालले प्रस्तुत गर्नुभयो ।












Leave a Reply