श्रीकृष्ण : एउटा पूर्ण पुरुष 

सुनील सापकोटा

कौसलटार, भक्तपुर

आज जन्माष्टमी । श्री कृष्णको जन्मदिन ।कृष्णको स्मृति मात्रले उनको विभिन्न छविहरु मेरो मस्तिष्कमा उपस्थित हुन्छ ।  एउटा  छटपटे उपद्रो गर्ने बच्चा । एउटा पराक्रमी किशोर। एउटा आत्मीय मित्र। एउटा बांसुरी वादक। एउटा प्रेमी। एउटा विश्वसनीय सहयोगी।  एउटा शासक।  एउटा प्रचंड योद्धा। एउटा मौलिक विचारक। एउटा माहान योगी। एउटा दूरदर्शी कूटनीतिज्ञ। एउटा चतुर रणनीतिकार।एउटा विलक्षण दार्शनिक। अनि आफ्नो समयको पुरानो स्थापित मूल्य मान्यता र परम्परालाई हटाउन सक्ने येस्तो महामानव जसले आफ्नो कालखण्ड मा  तत्कालीन समाज लाई रुपान्तरण गर्न सके । उनले युद्धको पटकथा पनि लेखे र शान्तिको भूमिका पनि खेले । निर्माणको  परिकल्पना पनि गरे र विनाशको  योजना पनि बनाए।  उनमा अथाह मोह पनि थियो र असीमित वैराग्य पनि। एकातिर उनको धेरै श्रीमतीहरु थिए भने अर्कोतिर तिर प्रेमिकाहरुको भिड पनि। उनको राधा सङ आत्मिय प्रेम थियो भने गोपिनीहरु सङ सार्वजनिक रुपमा रोमान्टिक राश लिला पनि गर्थे । गोकुलको सामान्य  गोठालो बाट भारत बर्षको एक सर्वाधिक प्रभावशाली व्यक्तित्व सम्मको उनको  जीवन-यात्रा कुनै कल्पना जस्तो लाग्छ । श्रीकृष्ण एउटा मिथक हुन वा वास्तविकता त्यो त भन्न सक्तिन । जे होस् उनी एउटा पूर्ण पुरुष थिए। श्रीकृष्णको जन्मदिनको अवसरमा सबैलाई मेरो हार्दिक शुभकामना..

Leave a Reply

Your email address will not be published. Required fields are marked *