नबराज काफ्ले
भक्तपुर,आश्वीन ३०
चाँगुनारायण नगरपालिका वडा नम्बर २ मा वातावरण संरक्षण, सडक सरसफाइ, वृक्ष संरक्षण तथा शून्य प्लास्टिक अभियानलाई प्रभावकारी बनाउन समुदायस्तरमा निरन्तर पहल भइरहेको छ। वडा कार्यालयको आयोजनामा ‘समुदायका लागि दुई घण्टा अभियान’ अन्तर्गत १८१औँ हप्ताको नियमित वातावरण संरक्षण कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा सडक सरसफाइ, रोपिएका बिरुवाहरूको संरक्षण तथा संवर्द्धन र शून्य प्लास्टिक अभियानलाई प्रोत्साहन गर्ने उद्देश्यले सहभागीहरूलाई प्लास्टिकको विकल्पका रूपमा प्रयोग गर्न मिल्ने झोला वितरण गरिएको थियो । साथै, चियापान तथा शुभकामना आदानप्रदानसहित कार्यक्रम सम्पन्न भएको हो। चाँगुनारायण नगरपालिका वडा नम्बर २ का वडाध्यक्ष सोमप्रसाद प्रधानको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रहरी प्रभाग दुवाकोटका प्रतिनिधि मातृका बास्तोलाले दुवाकोट क्षेत्रमा सवारी साधनको पार्किङ व्यवस्थापनमा स्थानीयवासीले पुर्याएको सहयोगप्रति धन्यवाद व्यक्त गर्नुभयो। उहाँले सवारीसाधनको व्यवस्थित पार्किङले यातायात सञ्चालनलाई सहज बनाउनुका साथै सवारी दुर्घटना न्यूनीकरणमा समेत महत्त्वपूर्ण योगदान पुर्याउने उल्लेख गर्नुभयो ।












Leave a Reply