नेपाल–कोरिया मैत्री अस्पतालमा अत्याधुनिक मोड्युलर आईसीयू सञ्चालनमा

मध्यपुर थिमि । भक्तपुरको मध्यपुर थिमि नगरपालिकाद्वारा सञ्चालित नेपाल–कोरिया मैत्री नगरपालिका अस्पतालमा अत्याधुनिक मोड्युलर सघन उपचार कक्ष (आईसीयू) सञ्चालनमा आएको छ । नगर प्रमुख सुरेन्द्र श्रेष्ठ आजले विहीबार एक कार्यक्रमवीच सेवा सञ्चालनको उदघाटन गर्नुभयो ।
सो अवसरमा उहाँंले नगरपालिकाद्वारा सञ्चालित अस्पतालमा आधुनिक स्वास्थ्य पूर्वाधार विस्तार गर्ने क्रममा नयाँ आईसीयू सेवा सञ्चालनमा ल्याइएको बताउनुभयो । यसबाट सघन उपचार आवश्यक पर्ने बिरामीलाई अस्पतालमै थप व्यवस्थित सेवा उपलब्ध गराउन सहयोग पुग्ने अपेक्षा उहाँंले गर्नुभयो । स्वास्थ्य सेवाको गुणस्तर अभिवृद्धि गर्दै नगरवासीलाई सहज र सुलभ रूपमा विशेषज्ञ स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले अस्पतालमा आधुनिक प्रविधि र सुविधाको विस्तारलाई महत्व दिइएको उहाँंले स्पष्ट पार्नुभयो ।
अस्पतालमा मोड्युलर आईसीयू सेवा सञ्चालनमा आएसँगै गम्भीर अवस्थाका बिरामीलाई उपचार सेवा प्रदान गर्न थप सहज हुने अपेक्षा गरिएको छ । यसले नगरवासीलाई गुणस्तरीय, विशेषज्ञ तथा प्रभावकारी स्वास्थ्य सेवा उपलब्ध गराउन सहयोग पुग्ने विश्वास लिइएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *