काठमाडौँ । साहित्यकार श्रीओम श्रेष्ठ रोदनको नविनतम् नियात्रासङ्ग्रह विदेशमा देश को लोकार्पण भएको छ । राजधानीमा शुक्रबार आयोजित कार्यक्रममा घनश्याम राजकर्णिकार,प्राडा लक्ष्मणप्रसाद गौतम,प्रमोद प्रधान,छविरमण सिलवाल,केशव पराजुली ुरोदनु दम्पति लगायतले उक्त कृति लोकार्पण गरे ।
दर्जन भन्दाबेसी मौलिक कृति र डेढ दर्जन जति कृति सम्पादन गरिसकेका रोदनका प्राय नियात्रा आफुले पढेको बताउँदै घनश्याम राजकर्णिकारले भने, रोदनका कृतिहरु तथ्यको सन्निकट भएको पाएको छुु । उनका नियात्राहरु विवरणात्मक मात्र हुँदैनन्,निजात्मक पनि हुन्छन् । अझै उनको निरन्तर भाषा साहित्यको सेवा गर्ने कुरा अनुकरणीय छ । कृतिमाथि चर्चा गर्दै वरिष्ठ समालोचक प्रमोद प्रधानले भने, श्रीओम नढाँटी लेख्ने इमान्दार लेखक हुन् । नियात्राहरु अरुको भन्दा पृथक पनि लाग्छन् । देखेको कुरा जसले नि लेख्छ तर फरक ढङ्गले लेख्नुपर्छ,उनको लेखनीमा यहि फरकपना छ । कृतिमा विदेशका विभिन्न सन्दर्भहरु र परिवेशहरु आएको बताउँदै उनले अगाडि भने, तथ्यहरु भएको नियात्रामा पाठकले विभिन्न विषयहरुसँग स्वदेशलाई तुलना गर्न सक्छन् । विकसित देशका राम्रा पक्षमात्र नभएर कमजोरी पनि केलाइएको छ । नियात्रामा सहयात्रीसँग वार्ता पनि गरिएको छ । सुक्ष्म विषयहरु पनि आएका छन् । काव्यात्मक चेत र दार्शनिक वाक्यहरु पनि प्रयोग भएका छन् । प्रा.डा.लक्ष्मणप्रसाद गौतमले रोदनमा भएको सिर्जनशील उर्वरताको प्रशङ्सा गरे । प्रा.डा.गौतमले रोदनका रचनाहरु स्वदेश तथा विदेशका विभिन्न विश्वविद्यालयरुमा पढाई हुने गरेको पनि बताए । उनले साहित्यिक क्षेत्रमा देखिएको पुरस्कार लेनदेनको विषयलाई विकृतिको रुपमा औँल्याए । रोदनकी धर्मपत्नी ललिता श्रेष्ठले १३ औँ कृति प्रकाशन भएकोमा खुशी बाँड्दै पुराना दिनहरु स्मरण गरिन । उनले रोदनसँगका विभिन्न अनुभूतिहरु साझा गरिन । भुँडीपुराण प्रकाशनका केशव पराजुलीले अग्रज साहित्यकारको कृति प्रकाशन गर्न पाएकोमा खुशी व्यक्त गर्दै कृतिको निम्ति रोदनलाई बधाई दिए । सुनकोशी वाङ्मय प्रतिष्ठानको आयोजनामा भएको उक्त कार्यक्रम छविरमण सिलवालको अध्यक्षतामा सम्पन्न भएको थियो । शुभद्रा अधिकारीले स्वागत मन्तव्य राखेको कार्यक्रमको सहजीकरण सचिव प्रदीप सापकोटाले गरे । रोदनका नर्विसने दिनहरु र समुन्द्रवारि,समुन्द्रपारि दुई नियात्राकृति सहित झण्डै डेढदर्जन कृतिहरु प्रकाशित छन् । विदेशमा देशलाई भुँडीपुराण प्रकाशनले प्रकाशित गरेको हो ।












Leave a Reply