भक्तपुर, राेटरी क्लव अफ भक्तपुरले कार्तिक १२ देखि १४ गतेसम्म भक्तपुरकाे दरवार स्कवायर, विद्यार्थी निकेतन मा.बि.मा आयाेजना गरेकाे विविध कार्यक्रम सहितकाे पुस्तक प्रदर्शनीकाे दाेस्राे दिन भक्तपुर साहित्यिक समाजकाे समन्वयमा “ख्वपमा गजल ” कार्यक्रम अन्तर्गत गजल वाचन कार्यक्रम भव्यतापूर्वक सम्पन्न गरेकाे छ । उपत्यकामा परिरहेकाे अविरल झरीकाे समेत पर्वाह नगरी साँखु, चावहिल, बालाजु, ललितपुर, काभ्रे र भक्तपुरकाे चाँगु, सूर्यविनायक देखि नगरभित्रका स्रष्टा र श्राेताकाे खचाखच जमघटमा २० जना स्रष्टाहरू ईश्वर थाेकर, सूर्य लक्ष्मी भाेमी, तुल्सीहरि प्रजापति, कुसुम घिमिरे, शिला सैंजु, श्याम माकजु, रामशरण न्याैपाने, चन्द्र लाल भाेमी , डिल्ली प्रसाद मुलतिहुन , मानन्धर “अभागी” , बिष्णु थापा “विछाेड”, अर्चना छुकाँ, बुद्धि कुमार घाे, राजुराम मुनंकर्मी , वसन्त नकर्मी, पागल यात्री , सुधिर ख्ववि, समा श्री , रन्जिता थापा र काशिराम विरस ले सुन्दर, रसिलाे, हँसिलाे, घाेचिलाे , प्रेमिल अनि भाव विह्वल गजल वाचन गरेका थिए । भसासका सल्लाहकार काशिराम विरसकाे सुन्दर प्रस्तुतिकरणमा सम्पन्न कार्यक्रममा राेटरी क्लव अफ भक्तपुरका अध्यक्ष दशरथ प्रजापतिले पठन संस्कृतिकाे विकासकाे लागि पुस्तक प्रदर्शनीकाे आयाेजना गरिएकाे चर्चा गर्नुहुँदै प्रदर्शनीमा सञ्चालन गरिएकाे विविध कार्यक्रमले शिक्षा, साहित्य, कला र संस्कृतिकाे विकासमा थप टेवा पुग्ने बताउनुभयाे । त्यसैगरी भक्तपुर साहित्यिक समाजका अध्यक्ष राजुराम मुनंकर्मीले राेटरी क्लव अफ भक्तपुरसँग हातेमालाे गर्दै आयाेजना गरिएकाे गजल वाचन कार्यक्रमले पुस्तक प्रदर्शनीमा सुन्दरता थपिएकाे चर्चा गर्नुहुँदै सबैलाई कृतज्ञता ज्ञापन गर्नुभयाे ।
राेटरीकाे पुस्तक प्रदर्शनीमा भसासकाे गजल वाचन कार्यक्रम











Leave a Reply