भक्तपुर । नेपाल औषधि व्यवसायी संघ (NCDA) भक्तपुरले रसुवाको टिमुरे–रसुवागढी क्षेत्रमा भएको विनाशकारी बाढी तथा पहिरोबाट प्रभावित पीडितका लागि ३६ हजार पाँच रुपैयाँ सहयोग गरेको छ ।
संघ भक्तपुरले भदौ १० गते (२६ अगस्ट २०२६) प्रधानमन्त्री राहत कोषमा राहतस्वरुप ३६ हजार पाँच रुपैयाँ प्रदान गरेको जनाएको छ ।
संघका अनुसार विभिन्न जिल्लाबाट प्रदेश तथा केन्द्रीय तहमा संकलन हुने राहत रकमलाई एकीकृत गरी नेपाल औषधि व्यवसायी संघ बागमती प्रदेश हुँदै केन्द्रीय संघमार्फत प्रधानमन्त्री राहत कोषमा दाखिला गरिनेछ ।
रसुवाको टिमुरे–रसुवागढी क्षेत्रमा आएको बाढी तथा पहिरोबाट जनधनमा ठूलो क्षति पुगेपछि पीडितको राहत तथा उद्धारका लागि विभिन्न संघसंस्था, व्यवसायी तथा सर्वसाधारणले सहयोग गर्दै आएका छन् ।
नेपाल औषधि व्यवसायी संघ भक्तपुरले पनि सामाजिक उत्तरदायित्वअन्तर्गत पीडितलाई राहत पुर्याउने उद्देश्यले सहयोग गरेको जनाएको छ ।












Leave a Reply