भक्तपुरमा फरार तीन प्रतिवादी पक्राउ

भक्तपुर । जिल्ला प्रहरी परिसर भक्तपुरले फैसला कार्यान्वयनका लागि फरार रहेका तीन जना प्रतिवादीलाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी परिसर भक्तपुर, प्रहरी वृत्त ठिमी, जगाती तथा मातहतका प्रहरी कार्यालयबाट खटिएको टोलीले २०८३ असोज १६ गते उनीहरूलाई पक्राउ गरेको हो।

जिल्ला अदालत भक्तपुरबाट विभिन्न मुद्दामा फैसला भई कैद तथा जरिवाना भुक्तान गर्न बाँकी रहेका उनीहरूलाई पक्राउ गरी जिल्ला अदालत भक्तपुरमा बुझाइएको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ।

प्रहरीका अनुसार पक्राउ परेकामध्ये एक जना बैंकिङ कसुर मुद्दाका प्रतिवादी हुन्। उक्त मुद्दामा एक वर्ष कैद सजाय तोकिएको थियो। त्यस्तै, चेक अनादरसम्बन्धी मुद्दामा दुई जना प्रतिवादी पक्राउ परेका छन्। उनीहरूलाई दुई वर्ष कैद र एक हजार रुपैयाँ जरिवाना तोकिएको थियो।

प्रहरीले फैसला कार्यान्वयन अभियानअन्तर्गत फरार प्रतिवादी पक्राउ गर्ने कार्यलाई निरन्तरता दिएको जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *