बलाँक्व टोलमा विशेष सरसफाई

भक्तपुर, २९ असोज । सूर्यविनायक बलाँक्व टोल सुधार संस्थाको आयोजनामा र नेप्सेम्याक भक्तपुरको सहयोगमा विजया दशमीको उपलक्ष्यमा बलाँक्व टोलमा विशेष सरसफाई कार्यक्रममा सूर्यविनायक चोकदेखि गणेश मन्दिर जाने तँकोपली उकालोसम्म सरसफाई कार्यक्रम विहिबार सम्पन्न भयो ।
कार्यक्रममा संस्थाका अध्यक्ष लक्ष्मी सुन्दर शिल्पकारले टोलबासीहरुलाई शुभकामना दिँदै टोलको वातावरण स्वच्छ राख्नु हामी सबैको कर्तव्य भएकोले सबै मिलेर सरसफाई कार्यक्रम गरेको बताउँदै सफाई कार्यक्रम समापन गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *