भक्तपुर । जिल्ला प्रहरी परिसर भक्तपुरले फैसला कार्यान्वयन गर्नुपर्ने मुद्दामा फरार रहेका दुई जना प्रतिवादीलाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी परिसर भक्तपुरका अनुसार २०८३ कात्तिक १२ गते प्रहरी वृत्त ठिमी, जगाती तथा मातहतका प्रहरी कार्यालयबाट खटिएको टोलीले विभिन्न मुद्दामा फैसला कार्यान्वयन हुन बाँकी रहेका दुई जनालाई पक्राउ गरेको हो।
पक्राउ परेका प्रतिवादीमध्ये डाँका मुद्दाका एक जनालाई दुई महिना २८ दिन कैद र पाँच हजार रुपैयाँ जरिवाना तथा बैंकिङ कसुर मुद्दाका अर्का एक जनालाई दुई दिन कैद र ११ हजार रुपैयाँ जरिवाना हुने फैसला भएको प्रहरीले जनाएको छ।
दुवै जनालाई जम्मा तीन महिना कैद र १६ हजार रुपैयाँ जरिवाना हुने फैसला कार्यान्वयनका लागि सम्मानित जिल्ला अदालत भक्तपुरमा बुझाइएको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ।
जिल्ला प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक दीपककुमार कार्कीले उक्त जानकारी दिएका हुन्।









Leave a Reply