भक्तपुर/भदौ २१ः नेसनल प्याव्सन भक्तपुरको बोर्ड कार्यक्रम सदस्य विद्यालय प्रसादि पाठशालाको आयोजनामा जिल्ला व्यापी अन्तर विद्यालय वादविवाद प्रतियोगिता-२०८३ सम्पन्न भएको छ ! वादविवाद प्रतियोगिताको कक्षा ७ तर्फ “विद्यार्थी जीवनमा अनुशासन कि स्वतन्त्रता” शीर्षक रहेको थियो ! जसमा प्रथमः आरूषी महतो- ईडेन गार्डेन स्कुल, द्धितीयः दिपीका कार्की- मदरल्याण्ड स्कुल, तृतीयः यूनिशा खत्री- आरक्षण नेसनल स्कुल र सान्त्वनाः प्रिन्शा देउजा- विमल मेमोरियल विद्यापीठ पुरस्कृत भएका थिए । त्यसै गरी कक्षा ६ तर्फको वादविवाद शीर्षक “ए आई ले विद्यार्थीको सिकाईलाई सहज बनाउंछ कि अल्छि” रहेको उक्त प्रतियोगितामा प्रथमः विश्रुति सापकोटा- ईडेन गार्डेन स्कुल, द्धितीयः हिमांशु भट्ट- यूनिटी स्कुल, तृतीयः कृष्टिका भण्डारी- मदरल्याण्ड स्कुल र सान्त्वनाः भूमिका जिरेल- विमल मेमोरियल विद्यापीठले क्रमश सफलता प्राप्त गरेका थिए । नेसनल प्याव्सन भक्तपुरका अध्यक्ष संजय खड्काले सदस्य विद्यालयहरु बीच आयोजना गरिएको वादविवाद प्रतियोगिताले विद्यार्थीहरुको बौद्धिक क्षमता एवं वाककलालाई अभिवृद्धि गराउने उदेश्य रहेको बताउदै कार्यक्रम आयोजक पिरसादि पाठशाला स्कुल प्रति आभार प्रकट गर्नु भयो । प्रतियोगिताको निर्णायकमा बरिष्ठ साहित्यकार डा. सीता सुवेदी र नेत्र प्रसाद घिरिरे रहेका थिए ! नेसनल प्याव्सन भक्तपुर सहसचिव एवं प्रसादि पाठशाला स्कुलका प्रिन्सिपल दिनेश शाक्यले कार्यक्रम आयोजना गर्ने जिम्मवारी पाएकोमा नेसनल प्याव्सन भक्तपुरलाई धन्यवाद दिनु भयो ।
नेसनल प्याव्सनको वादविवादमा ईडेन प्रथम











Leave a Reply