चेक अनादरमा ४, बैकिंग कसुरमा २ र चोरीमा १ जना पक्राउ

भक्तपुरमा फैसला कार्यान्वयनका लागि फरार सात जना पक्राउ

भक्तपुर । जिल्ला प्रहरी परिसर भक्तपुरले अदालतको फैसला कार्यान्वयनका लागि फरार रहेका सात जनालाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी परिसर भक्तपुर, प्रहरी वृत्त ठिमी, जगाती तथा मातहतका प्रहरी कार्यालयबाट खटिएको टोलीले २०८३ कात्तिक १३ गते विभिन्न मुद्दामा फैसला कार्यान्वयन हुन बाँकी रहेका सात जनालाई पक्राउ गरेको हो।

प्रहरीका अनुसार पक्राउ पर्नेहरूमध्ये चेक अनादर मुद्दाका चार जना, बैंकिङ कसुरका दुई जना र चोरी मुद्दाका एक जना रहेका छन्।

पक्राउ परेकामध्ये बैंकिङ कसुर मुद्दामा १४ दिन कैद र एक लाख ३५ हजार रुपैयाँ जरिवाना तोकिएका दुई जना तथा चोरी मुद्दामा तीन दिन कैद सजाय तोकिएका एक जना छन्। त्यस्तै, चेक अनादर मुद्दामा पाँच हजार रुपैयाँ जरिवाना तोकिएका चार जना रहेका छन्।

पक्राउ परेका सातै जनालाई जम्मा १७ दिन कैद र एक लाख ४० हजार रुपैयाँ जरिवानाको फैसला कार्यान्वयनका लागि भक्तपुर जिल्ला अदालतमा बुझाइएको जिल्ला प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक दीपककुमार कार्कीले जानकारी दिएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *