चार जना पक्राउ

फैसला कार्यान्वयनका लागि फरार चार जना पक्राउ

भक्तपुर । जिल्ला प्रहरी परिसर भक्तपुरले अदालतको फैसला कार्यान्वयनका क्रममा फरार रहेका चार जनालाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी परिसर भक्तपुर, प्रहरी वृत्त ठिमी, जगाती तथा मातहतका प्रहरी कार्यालयबाट खटिएको टोलीले २०८३ कात्तिक ९ गते उनीहरूलाई पक्राउ गरेको हो।

जिल्ला प्रहरी परिसर भक्तपुरका अनुसार पक्राउ परेकामध्ये तीन जना चेक अनादर मुद्दाका प्रतिवादी रहेका छन् भने एक जना अभद्र व्यवहार मुद्दाका प्रतिवादी रहेका छन्।

चेक अनादर मुद्दामा दुई वर्ष कैद र एक हजार रुपैयाँ जरिवाना तथा अभद्र व्यवहार मुद्दामा २० दिन कैद र आठ सय रुपैयाँ जरिवाना तोकिएको थियो। चारै जनालाई जम्मा दुई वर्ष २० दिन कैद र एक हजार आठ सय रुपैयाँ जरिवाना हुने गरी फैसला कार्यान्वयनका लागि पक्राउ गरिएको प्रहरीले जनाएको छ।

पक्राउ परेका चारै जनालाई आवश्यक कारबाहीका लागि जिल्ला अदालत भक्तपुरमा बुझाइएको जिल्ला प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक दीपककुमार कार्कीले जानकारी दिएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *