एभरेष्ट इन्जिनियरिङ कलेजमा अन्तर्राष्ट्रिय सम्मेलनको तयारी बैठक

काठमाडौं, २४ श्रावण

नेपालका उत्कृष्ट इन्जिनियरिङ कलेजमध्ये एक एभरेस्ट इन्जिनियरिङ कलेजमा International Conference on Artificial Intelligence in Computational Science and Engineering 2026 (IC AICSE-26) आयोजना गर्ने तयारी आजदेखि सुरु भएको छ। IC AICSE-26 आगामी ७ अक्टोबर २०२६ (२१ असोज २०८३) मा काठमाडौंमा आयोजना हुँदैछ। सम्मेलनको सफल आयोजनाका लागि हालसम्म भएका तयारीको समीक्षा तथा आगामी कार्ययोजनाबारे छलफल गर्न आज सम्मेलन सल्लाहकार समितिका सदस्यहरूबीच बैठक सम्पन्न भएको हो।

बैठकमा कृत्रिम बुद्धिमत्ता, कम्प्युटर विज्ञान तथा इन्जिनियरिङ, सफ्टवेयर, सूचना प्रविधि तथा इलेक्ट्रोनिक्सलगायतका क्षेत्रका विशेषज्ञहरूको सहभागिता रहेको थियो। त्रिभुवन विश्वविद्यालय, काठमाडौं विश्वविद्यालय तथा पोखरा विश्वविद्यालयका विषयविज्ञहरूले सम्मेलनलाई थप प्रभावकारी बनाउन विभिन्न सुझावहरू समेत प्रदान गरेका थिए।

एभरेष्ट इन्जिनियरिङ कलेजले हिष्ट इन्जिनियरिङ कलेजको सह–आयोजनामा उक्त अन्तर्राष्ट्रिय सम्मेलन आयोजना गर्न लागेको हो।

नेपाल इन्जिनियरिङ परिषद्ले यस सम्मेलनलाई आफ्नो Continuing Professional Development (CPD) मूल्याङ्कन प्रणालीअन्तर्गत मान्यता प्रदान गरेको छ। सम्मेलनमा शोधपत्र प्रस्तुत गर्ने प्रत्येक प्रस्तोताले एक घण्टाको CPD बराबरको क्रेडिट प्राप्त गर्नेछन्।

सम्मेलनका लागि आयोजकले हालसम्म ५० भन्दा बढी शोधसार (Abstracts) प्राप्त गरिसकेको छ। प्राप्त शोधसारमध्ये भारत, नाइजेरिया, पाकिस्तान, सिंगापुर, दक्षिण कोरिया र संयुक्त राज्य अमेरिकालगायतका देशबाट समेत सहभागिता रहेको छ। सम्मेलनमा प्रस्तुत गरिएका उत्कृष्ट शोधलेखहरू DOI सहित एभरेष्ट इन्जिनियरिङ कलेजको अर्धवार्षिकरुपमा प्रकाशन हुने पेशागत जर्नल EAST मा प्रकाशित जनाइएको छ। सम्मेलन बारे थप जानकारी कलेजको आधिकारिक वेबसाइटबाट प्राप्त गर्न सकिने छ। https://eemc.edu.np/public/aicse/index.html

Leave a Reply

Your email address will not be published. Required fields are marked *

एभरेष्ट इन्जिनियरिङ कलेज सानेपामा सकियो आरोहण २.०

ललितपुर । एभरेस्ट इन्जिनियरिंग कलेज सानेपा ललितपुरको आयोजनामा भएको एकदिने आरोहण २.० शुक्रबार सकिएको छ । विहान ११ बजे उदघाटन गरी सुरु भएको आरोहण साँझ सकिएको थियो । 
आरोहण, अन्वेषण दी इनोभेसन आरोहण २ कार्यक्रम भएको हो । यस क्रममा इन्टर कलेज टेक्निकल एक्जिविशन एण्ड कम्प्युटिशन पनि भएको थियो । कम्प्युटिशनका दस जोड दुई र इन्जिनियरिंग अध्ययन हुने काठमाडौं उपत्यकाका झण्डै दुई दर्जन कलेजहरुबाट विद्यार्थी प्रतिस्पर्धी रहेको कार्यक्रममा बताइयो । 
एकदिने कार्यक्रममा क्रममा विभिन्न प्रदर्शनीहरु तथा प्रतियोगिता भएको थियो । प्रदर्शनी तथा प्रतियोगिताहरुको आन्तरिक तथा बाह्य गरी एक हजार पाँंच सय विद्यार्थीले अवलोकन भ्रमण गरेको अनुमान गरिएको छ । प्रदर्शनी अवलोकनका लागि प्रवेश निःशुल्क थियो ।
समापन कार्यक्रममा प्रमुख अतिथि पोखरा विश्वविद्यलाय (पीयू) का रजिष्टार प्राडा दीपकबहादुर भण्डारीले शैक्षिक क्यालेण्डरलाई चुस्त दुरुस्त पार्न पोखरा विश्वविद्यालयले सवै कामहरु अनलाइनबाट पनि गर्न सकिने बताए । विश्वविद्यालयले शैक्षिक क्यालेण्डरलाई समयमै सकाउने कामलाई अझ तन्दुरुत बनाउन अनलाइन प्रविधिबाट काम थाल्न लागेको उनले जनाए । फारम, टान्सिकिप्टलगायतका सवै कामका लागि अनलाइनबाटै विद्यार्थीले भर्न सकिने बनाउन लागेको उनले जानकारी गराए ।
देशकै सवैभन्दा ठूलो त्रिभुबन विश्वविद्यालयको शैक्षिक क्यालेण्डर गंजागोल भइरहेको भनी आलोचना वढिरहँंदा पोखरा विश्वविद्यालयका रजिष्टार प्राडा भण्डारीले पोखरा विश्वविद्यालय (पीयू) ले चारवर्षे कोर्सको सर्टिफिकेट चारवर्षभित्रै दिंदै आएका बताए । पोखरा विश्वविद्यालयले शैक्षिक क्यालेण्डर अनुसार नै परीक्षा लिन, परीक्षाफल प्रकाशित गर्ने र सर्टिफिकेट दिंदै आएको उनले बताए । 
पहिला पनि नविगारेको र भविष्यमा पनि तलमाथि नहुने उनले स्पष्ट पारे । विश्वविद्यालयले परीक्षा भएको २८ देखि ५० दिनभित्र परीक्षाफल प्रकाशित गर्दै आएको उनले जनाए । 
कार्यक्रममा आयोजक कलेजका प्रमुख कार्यकारी अधिकृत (सिइओ) अरुणकुमार भण्डारीले विद्यार्थीको शैक्षिक गुणस्तरलाई अझ तेजिलो बनाउन पढाईका साथसाथै कलेजले समय समयमा विभिन्न कार्यक्रमहरु गर्दै आएको जानकारी गराए । कलेजका प्रिन्सिपल इन्जिनियर विनोद रिजालले आजका विद्यार्थीले अध्ययन अनुसन्धानमा जोड दिई मानब जातिको सहजताका लागि काम गर्नुपर्ने आवश्यकता औल्याए । भाइस प्रिन्सिपल इन्जिनियर राजन लामाले विद्यार्थीले सिकेको ज्ञानलाई कक्षाकोठामा मात्रै सिमित नपारी वर्षैपिच्छे आरोहण कार्यक्रम गर्दै आएको जानकारी गराए । कलेजमा दोश्रो पटक एकदिने आरोहण २ भएको उनले जनाए । 
कार्यक्रममा नेपाल इन्जिनियरिंग कलेजका पूर्व प्राचार्य प्राडा हरिकृष्ण श्रेष्ठ, काठमाडौं इन्जिनियरिंग कलेज कालिमाटीका प्रिन्सिपल प्राध्यापक हिरेन्द्रमान प्रधानलगायतले पनि इन्जिनियरिग क्षेत्रका विविध विषयमा चर्चा गरेका थिए । कार्यक्रमको समापनका क्रममा विभिन्न प्रतियोगिताका विजयीहरुलाई पुरस्कार तथा प्रमाणपत्र वितरण गरिएको थियो ।