भक्तपुर। अव्यवस्थित जग्गा प्लानिङका कारण चाँगुनारायण वडा ८ स्थित भण्डारी टोल क्षेत्रमा पटक-पटक पहिरो जाने र जमिन कटान हुने क्रम नरोकिएपछि स्थानीयवासीका घर-जग्गा उच्च जोखिममा परेका छन्। बस्ती मुनिको क्षेत्रमा भएको प्लानिङबारे वडा कार्यालय र नगरपालिकालाई पटक-पटक जानकारी गराउँदा पनि कुनै सुनुवाइ नभएपछि स्थानीय आक्रोशित बनेका छन्। स्थानीयले उक्त प्लानिङको आधिकारिकता, प्राविधिक स्वीकृति र मापदण्डमाथि गम्भीर प्रश्न उठाएका छन्। विना स्वीकृति योजना निर्माण भएको हो वा मापदण्ड विपरीत स्वीकृति दिइएको हो भन्ने विषयमा सत्य र पारदर्शी विवरण सार्वजनिक गर्न उनीहरूले माग गरेका छन्। दुर्घटना भएपछि जिम्मेवार खोज्नुभन्दा अगावै समाधान खोज्नुपर्ने भन्दै टोलवासीले तत्काल स्थलगत निरीक्षण, प्राविधिक अध्ययन र पहिरो नियन्त्रणको काम सुरु गर्न चाँगुनारायण नगरपालिकाको गम्भीर ध्यानाकर्षण गराएका छन्।
भण्डारी टोलमा प्लानिङले निम्त्यायो पहिरोको जोखिम: वडा र नगरपालिका मौन, स्थानीय आक्रोशित












Leave a Reply