भक्तपुर, २८ साउन । भक्तपुर नगरपालिका अनुगमन समितिका संयोजक राजकृष्ण गोराको संयोजकत्वमा दुधपाटीमा रहेको सामुदायिक स्वास्थ्य इन्स्टिच्युट र सल्लाघारीमा रहेको चक्रबत्ति हवि एजुकेशन एकेडेमीमा बिहिबार अनुगमन गरियो । नगरपालिकामा दर्ता नगरी संचालनमा रहेकोले सात दिन भित्र नगरपालिकामा उपस्थित हुन निर्देशन दिएको संयाजक गोराले भन्नुभयो ।
सामुदायिक स्वास्थ्य इन्स्टिच्युटमा सिटिभिटिबाट २०७८ मा सम्बन्धन लिई २०८१ सालदेखि हेल्थ आसिस्टान (एच.ए.) संचालन भएकोमा हाल सय जना विद्यार्थी भर्ना भई संचालन रहेकोमा शुल्क विवरण, भर्ना प्रकृया विवरण सहित सूचना पाटीमा सामाजिक परिक्षण सहित गर्न र पर्याप्त पूर्वाधार विना र नगरपालिकाको स्विकृति विना संचानल भएकोले सात दिन भित्र नगरपालिकामा उपस्थित हुन निर्देशन दियो ।
चक्रबत्ती हवि एजुकेशन एकेडेमी पूर्वाञ्चल विश्व विद्यालयको सम्बन्धन लिई बिएससी नर्सिङ संचालन भई असी जना विद्यार्थी अध्ययनरत रहेकोमा पिसिएल नर्सिङ सिटिभिटीले सम्बन्धन खारेज गरेकोले हाल संचालनमा नभएको र शुल्क विवरण, भर्ना प्रकृया विवरण सहित सूचना पाटीमा सामाजिक परिक्षण सहित गर्न र पर्याप्त पूर्वाधार विना र नगरपालिकाको स्विकृति विना संचानल भएकोले सात दिन भित्र नगरपालिकामा उपस्थित हुन निर्देशन दियो ।
अनुगमनमा समितिका सदस्य श्यामकृष्ण खत्री, रिता फसिकवा, भनपा श्यानिटेशका न.नि. दिलिपकुमार सुवाल, वडानिरिक्षक रामकृष्ण प्रजापति, कर अधिकृत प्रभाष कुमार चालिसे, जिल्ला प्रशासन कार्यालय भक्तपुरका नवराज पोखरेल, महानगरिय प्रहरि परिसरका प्र.स.नि. कृष्ण बहादुर खत्री, राष्ट्रिय उपभोक्ता मञ्चका लक्ष्मी भण्डारी, भक्तपुर घरेलु तथा साना उद्योग संघका लक्ष्मी प्रसाद बाटी, बाणिज्य तथा उद्योग कार्यालयका लक्ष्मी प्रसाद कासुला, भक्तपुर उद्योग बाणिज्य संघका बैकुण्ठ मानन्धरको सहभागिता थियो ।
सल्लाघारीको चक्रबत्ती हवी एजुकेशन विना दर्ता सञ्चालनमा














Leave a Reply