कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ
भक्तपुर । भक्तपुरमा कुटपिटबाट एक युवकको मृत्यु भएको घटनामा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी परिसर भक्तपुरका अनुसार २०८३ साल साउन २६ गते राति करिब ८ः१५ बजे भक्तपुर नगरपालिका–४ मंगलाछेँस्थित श्री जनसेवा आधारभूत विद्यालय नजिकैको गल्लीमा सूर्यविनायक नगरपालिका–८ का २८ वर्षीय मनिष सिंख्वालमाथि कुटपिट भएको थियो।
कुटपिटबाट गम्भीर घाइते भएका सिंख्वाललाई उपचारका लागि भक्तपुर अस्पताल लगिएकोमा उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।
घटनामा संलग्न रहेको आरोपमा भक्तपुर नगरपालिका–३ बंशगोपाल बस्ने २७ वर्षीय किशोर चौगुठीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
प्रहरीले पक्राउ परेका चौगुठीविरुद्ध कर्तव्य ज्यान मुद्दामा अनुसन्धान अघि बढाएको छ। जिल्ला अदालत भक्तपुरबाट २०८३ साउन २७ गते पाँच दिनको म्याद थप अनुमति लिई घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ।
जिल्ला प्रहरी परिसर भक्तपुरले २०८३ साउन २७ गते प्रेस विज्ञप्तिमार्फत घटनाबारे जानकारी दिएको हो।
मंगलाछेँ जनसेवा आधारभूत विद्यालय नजिकै कुटपिट गरी हत्या












Leave a Reply