भक्तपुरमा प्रहरीसँंग वादविवाद गर्ने मानिसहरु नियन्त्रणमा

भक्तपुर । ड्युटीमा खटिएका प्रहरी कर्मचारीलाई बाधा तथा विरोध गरेको आरोपमा तीन जना पक्राउ परेका छन् । जिल्ला प्रहरी परिसर भक्तपुरका अनुसार गत कात्तिक ४ गते ड्युटीमा खटिएका प्रहरी कर्मचारीसँग बाधा तथा विरोध गर्ने तीन जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

उनीहरूलाई कात्तिक ६ र ८ गते भक्तपुरका विभिन्न स्थानबाट नियन्त्रणमा लिइएको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ । नियन्त्रणमा लिइएका व्यक्तिहरूलाई राष्ट्रसेवकलाई बाधा अवरोध गर्न नहुने कसुरमा जिल्ला प्रशासन कार्यालय भक्तपुरबाट म्याद थप अनुमति लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक दीपकुमार कार्कीले उक्त जानकारी दिएका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *