भदौ २२, काठमाडौं । कल्पतरु प्रज्ञा प्रतिष्ठानद्वारा प्रकाशित मुक्तकीय संवाद सङ्ग्रह ‘नवनी संलाप’ को लोकार्पण गरिएको छ । हाल गोकर्णेश्वर—६ निवासी वरिष्ठ साहित्यकार नवराज पुडासैनी “ज्योत्स्ना“ र साइप्रसमा कार्यरत साहित्यकार निर्मलादेवी तिम्सिना “कान्छी“ बीच सामाजिक सञ्जालको माध्यमबाट भएका मुक्तकीय संवादहरूको सङ्ग्रहलाई कृतिमा रुपमा प्रकाशित गरी एक कार्यक्रमबीच लोकार्पण गरिएको हो । गोकर्णेश्वर नगरपालिका वडा नं. ६ का वडा अध्यक्ष नवराज लामाले कार्यक्रमको उद्घाटन गर्दै साहित्य समाजको महत्वपूर्ण अङ्ग भएको धारणा राख्नुभयो । लोर्कापित मुक्तक सङ्ग्रहको समीक्षा गर्दै वरिष्ठ साहित्यकार प्रा. डा. कृष्ण प्रसाद दाहाल, कल्पतरु प्रज्ञा प्रतिष्ठानका उपाध्यक्ष डा. विदुला घिमिरे लगायतले नवीन शैली अपनाइ लेखिएको मुक्तक सङग्रह नेपाली साहित्य विशेष प्राप्ति भएको चर्चा गर्नुभयो । अभिनव साहित्य समाज, स्रष्टा पदयात्रा नेपाल र कल्पतरु प्रज्ञा प्रतिष्ठानका उपाध्यक्ष विमल अर्याल सभाध्यक्ष रहनु भएको कार्यक्रममा अभिनव साहित्य समाजका अध्यक्ष एवम् वरिष्ठ साहित्यकार गोविन्द घिमिरे “वेदमणि“, सुरभि साहित्य प्रतिष्ठानका अध्यक्ष तथा सुलेख पत्रिकाका सम्पादक वरिष्ठ साहित्यकार वाजुराम पौडेल,वरिष्ठ साहित्यकारहरू गङ्गा कर्माचार्य, रमेश पौडेल, वसन्त रिजाल, महेन्द्र चालिसे, मुकुन्द अर्याल लगायतका साहित्यिक व्यक्तिहरूको सहभागिता रहेको थियो ।
मुक्तकीय संवाद सङ्ग्रह ‘नवनी संलाप’ को लोकार्पण












Leave a Reply