शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा ३९ औं कलेजो प्रत्यारोपण सम्पन्न

शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र, भक्तपुरमा मिति २०८३।०५।०८ गते कलेजो प्रत्यारोपण गरिएका बाल गोबिन्द यादव मिति २०८३।०५।१५ गते प्रत्यारोपण भएको १० औं दिनमा सकुशल डिस्चार्ज भएका छन् भने कलेजो दाता मिना कुमारी यादव मिति २०८३।०५।१५ गते ८ औंं दिनमा नै डिस्चार्ज भइ सकेका छन । सलार्ही जिल्लका ३७ वर्षीय श्रीमान बाल गोविन्द यादवलाई उनकी ३३ वर्षिय श्रीमती मिना कुमारी यादवले आधा कलेजो दान गरेका हुन ।

कलेजो प्रत्यारोपण शल्य चिकित्सक डा राम बाबु साहकोे नेतृत्वमा भएको उक्त प्रत्यारोपणमा डा रोशन घिमिरे, डा.लोचन श्रेष्ठ, डा रुजेन बज्राचार्य, डा. मिलन श्रेष्ठ, डा अमित यादव एनेस्थिेसयिा तथा क्रिटिकल केयरका विभागीय प्रमुख डा आरती राई, डा निभा श्रेष्ठ, डा शोभित थापा, रेखा श्रेष्ठ, डा. शिव सुन्दर राजचल डा. सन्देश खाउजु, डा. रिती फुँयाल रेडियोलोजि विभागबाट विभागीय प्रमुख डा कृष्ण बुढाथोकी, डा.जस्मिन जोशी, डा हितेश रायमाझी, डा. जि एलीन र इन्दु मिमिरे लगायतको टिम सहभागी हुनु भएको थियो । कार्डियोलोजि विभागबाट विभागीय प्रमुख डा. प्रवेश न्यौपाने, डा सचिन लामिछाने सहभागी हुनुहुन्थ्य भने प्याथोलोजि विभागबाट बिभागिय प्रमुख डा सबिना श्रेष्ठ, डा सुस्मिता मिमिरे, ल्याब इन्चार्ज विन्दिरा जोशी लगायतको टिम सहभागी हुनुहुन्थ्यो । ग्याँस्ट्रोइन्टरोलोजि विभागबाट विभागीय प्रमुख डा कर्ण राजवंशी, डा शेखर पौड्याल पल्मोनोलोजी डा. राजेश किशोर यादव सहभागी हुनुहन्थ्यो भने निमित्त नर्सिङ्ग निर्देशक सनिषा कार्कीको नेतृत्वमा नर्सिङ्ग इन्चार्जहरु बबिता लवजु, एलिसा श्रेष्ठ, मञ्जु भट्टराई, अनिता कार्की, निरु सुवाल, मिना खर्बुजा ओटी नर्स कामना बोगटी, विनिता कुटु, सबिया नागा, सुवेक्षा शाक्य, केलिना के.सी, बन्दना राई, रविना पक्का, शोनिया गिरी, ज्योति के.सी, सुदिमा रावत, कृष्टिना प्रजापती, अंशुमा दाहाल, आइ सि यु नर्स अर्पना सेन, जयन्ति ताम्राकार, देवजना श्रेष्ठ, सजना कासुला, अनु बज्राचार्य, जानुका सुनार, सिता मैया अवाल सहभागी हुनुहुन्थ्यो ।  ओटी व्यवस्थापनको जिम्मा अमर महर्जन, रामचन्द्र पौडेल, युनिशा खाइतु र गणेश राम कोजु लगायतको टिमले गर्नु भएको थियो । उक्त कार्यमा डाइटिसियन वर्षा भट्टराई र फिजियोथेरापिष्ट शोनि शिख्वालको समेत प्रत्यक्ष संलग्नता रहेको थियो । फार्मेसी विभागबाट सजन खाइतु र दीपा के सी को टोलीले प्रत्यारोपण कार्यमा सहयोग गर्नु भएको थियो ।

कलेजो प्रत्यारोपणको व्यवस्थापकीय जिम्मेवारी प्रशासन प्रमुख राम प्रसाद आचार्यको टोलिले गर्नु भएको थियो ।उक्त प्रत्यारोपणको  कोर्डिनेशनको जिम्मेवारी डा. निरु शर्मा, डा बृजेश यादव, तारा साँध, सरु कोजु, चाहाना बोगटी,  पूजा खड्का लगायतल गर्नु भएको थियो । १४ वर्षको अवधिमा १६८० जनाको मृगौला र ३९ जनाको कलेजो प्रत्यारोपण भई सकेको यस केन्द्रमा नियमित कलेजो प्रत्यारोपण हुन थालेपछि कलेजो प्रत्यारोपणको लागि विदेश धाउन पर्ने बाध्याता हटेको र यस केन्द्रले देशको सबैभन्दा धेरै (करीब दुई तिहाई) प्रत्यारोपण गर्ने गरेको कुरा केन्द्रका कार्यकारी निर्देशक डा कल्पना कुमारी श्रेष्ठले बताउनु भयो  ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *