एभरेष्ट इन्जिनियरिङ कलेजमा प्रभावकारी शिक्षण विधिसम्बन्धी दुई दिने कार्यशाला

काठमाडौं — एभरेष्ट इन्जिनियरिङ कलेजमा प्रभावकारी शिक्षण विधिसम्बन्धी दुई दिने कार्यशाला आज सम्पन्न भएको छ। कार्यशालाको मुख्य उद्देश्य कक्षाकोठामा शिक्षण–सिकाइ प्रक्रियालाई थप प्रभावकारी, व्यावहारिक र विद्यार्थीकेन्द्रित बनाउने उपायबारे शिक्षक–शिक्षिकाबीच अनुभव आदानप्रदान तथा सामूहिक मन्थन गर्नु रहेको थियो।
शिक्षण विधिमा सैद्धान्तिक ज्ञानसँगै व्यावहारिक अनुभवको विशेष महत्व रहने भएकाले कार्यशालामा लामो समयदेखि अध्यापनमा संलग्न शिक्षक–शिक्षिकाहरूले शिक्षणका क्रममा आफूले भोगेका विभिन्न चुनौती, समस्या तथा तिनको समाधानका लागि अपनाएका विधिहरूबारे खुलेर आफ्ना अनुभव प्रस्तुत गरेका थिए। सहभागीहरूले आफूले प्रयोग गरेका विभिन्न शिक्षण विधिको प्रभावकारिता, सफलता तथा अपेक्षित परिणाम प्राप्त हुन नसकेका अवस्थासमेत साझा गर्दै त्यसबाट प्राप्त सिकाइबारे छलफल गरेका थिए।
कार्यशालाका क्रममा शिक्षक–शिक्षिकाहरूबीच भएको अन्तरक्रिया, अनुभव आदानप्रदान र सामूहिक मन्थनबाट विभिन्न शिक्षण समस्याका व्यक्तिगत तथा सामूहिक समाधान पहिचान गर्नुका साथै कक्षाकोठामा प्रयोग गर्न सकिने व्यावहारिक र प्रभावकारी उपायहरूबारे निष्कर्ष निकालिएको थियो।
शिक्षण पेशामा लामो अनुभव हासिल गरेका सहकर्मीहरूका सफल अभ्यास, सिकाइ र अनुभवबाट विकसित तथा परिष्कृत शिक्षण विधिहरूलाई आगामी दिनमा कक्षाकोठामा प्रयोग गर्दा एभरेष्ट इन्जिनियरिङ कलेजका विद्यार्थीहरूको सिकाइ अनुभव, सहभागिता र शैक्षिक उपलब्धिमा सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको छ।
यस कार्यशालाले शिक्षकहरूबीच निरन्तर सिकाइ, सहकार्य र अनुभव आदानप्रदानको संस्कृतिलाई थप सुदृढ बनाउँदै कलेजको समग्र शिक्षण–सिकाइको गुणस्तर अभिवृद्धिमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *