भक्तपुर, १७ भदौ । जिल्ला अदालत भक्तपुरबाट विभिन्न मुद्दामा दोषी ठहर भई फरार रहेका ७ जना प्रतिवादीहरूलाई प्रहरीले पक्राउ गरेको छ।
जिल्ला प्रहरी परिसर भक्तपुर, प्रहरी वृत्त ठिमी, जगाती तथा मातहतका प्रहरी कार्यालयबाट खटिएको टोलीले उनीहरूलाई पक्राउ गरी फैसला कार्यान्वयनका लागि जिल्ला अदालत भक्तपुरमा बुझाएको हो।
पक्राउ पर्नेहरूमा चेक अनादर मुद्दाका २ जना, बैंकिङ कसुर मुद्दाका ३ जना र लागू औषध मुद्दाका २ जना गरी कुल ७ जना रहेका छन्।
अदालतको फैसला अनुसार उनीहरूबाट कुल ३ वर्ष १० महिना ५ दिन कैद सजाय र २२ लाख ३१ हजार ५ सय रुपैयाँ जरिवाना असुल हुन बाँकी रहेको जिल्ला प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक (डिएसपी) दिपक कुमार कार्कीले जानकारी दिनुभयो।
पक्राउ परेका प्रतिवादीहरूबाट मुद्दा अनुसारको कैद र जरिवाना विवरण:
-
चेक अनादर (२ जना): रु. १,५०० जरिवाना
-
बैंकिङ कसुर (३ जना): ८ महिना ५ दिन कैद र रु. १९,३०,००० जरिवाना
-
लागू औषध (२ जना): ३ वर्ष २ महिना कैद र रु. ३,००,००० जरिवाना












Leave a Reply