शव राख्ने ब्यागसहित सोलार प्यानल र इन्भर्टर सहयोग

भक्तपुर । बेत्रावती अस्पतालमा १०० थान शव राख्ने ब्याग (Body Bag/Human Remains Pouch) समयमै हस्तान्तरण गरिएको छ।

बेत्रावती क्षेत्रमा विपद्का कारण प्रभावित स्थानीय तथा स्वयंसेवक मिलन श्रेष्ठको विशेष अनुरोधमा निर्माणाधीन सेल्टर हाउसमा विद्युत् अभावका कारण अन्धकार हुने समस्या समाधान गर्न थप सहयोग गरिएको हो।

मनकारी दाताहरूको सहयोगमा चार्जरसहितको इन्भर्टर, सोलार प्यानल र ब्याट्री ब्याकअपको एक थान सेट बेत्रावतीमा हस्तान्तरण गरिएको जनाइएको छ। स्थानीयवासीको सहयोगमा उक्त सामग्री सेल्टर हाउसका लागि हस्तान्तरण गरिएको हो।

विपद्को समयमा प्रभावित समुदायलाई आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले गरिएको यस सहयोगले निर्माणाधीन सेल्टर हाउसमा रातको समयमा प्रकाश तथा मोबाइललगायतका विद्युतीय सामग्री चार्ज गर्न सहज हुने अपेक्षा गरिएको छ।

सहयोग अभियानमा साथ दिने दाता, स्थानीयवासी तथा स्वयंसेवकहरूलाई आयोजकले पुनः धन्यवाद व्यक्त गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *