भक्तपुर । भक्तपुरको सूर्यविनायक नगर अस्पतालअगाडि आइतबारदेखि सुभा फार्मेसी सञ्चालनमा आएको छ । अस्पतालमा उपचारका लागि आउने बिरामी तथा सेवाग्राहीलाई आवश्यक औषधि सहज रूपमा उपलब्ध गराउने उद्देश्यले सुभा फार्मेसी सञ्चालनमा ल्याइएको जनाएको छ । जगाती भक्तपुरमा सञ्चालनमा आएको सुभा फार्मेसीले सूर्यविनायक नगर अस्पतालमा उपचारका लागि आउने बिरामी तथा स्थानीयवासीलाई लक्षित गरी औषधि सेवा उपलब्ध गराउने जनाएको छ ।
फार्मेसीले सञ्चालनको पहिलो एक महिनासम्म निःशुल्क मास्क वितरण गर्ने विशेष व्यवस्था गरेको छ । साथै, भक्तपुर जिल्लाभित्र आवश्यक औषधि घरमै पु¥याउने (डेलिभरी) सेवा समेत उपलब्ध गराइने बताइएको छ ।
अस्पताल अगाडि नै फार्मेसी सञ्चालनमा आएपछि उपचारका लागि आउने बिरामी तथा उनीहरूका आफन्तलाई आवश्यक औषधि खरिदका लागि टाढा जानुपर्ने झन्झट कम हुने अपेक्षा गरिएको छ । विशेष गरी आकस्मिक अवस्थामा आवश्यक औषधि सहज र छिटो प्राप्त गर्न सहयोग पुग्ने विश्वास गरिएको छ ।
सूर्यविनायक नगर अस्पतालअगाडि ‘सुभा फार्मेसी’ सञ्चालनमा











Leave a Reply