लागूऔषधसहित डंगोल पक्राउ
भक्तपुर, २९ साउन । जिल्ला प्रहरी परिसर भक्तपुरले लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ। प्रहरी टोलीले २०८३ साउन २८ गते साँझ करिब ६ बजे चाँगुनारायण नगरपालिका–२, दुवाकोट मोडबाट काठमाडौं महानगरपालिका–१० बस्ने ३२ वर्षीय अजय डंगोललाई लागूऔषधसहित नियन्त्रणमा लिएको हो।
प्रहरीका अनुसार डंगोलको साथबाट ट्रामाडोल ८१२ चक्की, नुफिन (Noophin) १ एम्पुल, डाइजापाम (Diazepam) १ एम्पुल, फेनरगान (Pherergan) १ एम्पुल र सिरिन्ज ३ थान बरामद गरिएको छ।
डंगोलविरुद्ध लागूऔषध मुद्दामा जिल्ला अदालत भक्तपुरबाट २०८३ साउन २९ गते पाँच दिनको म्याद थप अनुमति लिई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ।












Leave a Reply