थेरवाद बुद्धिष्ट एकेडेमी काठमाडौंको विश्वशान्ति विहारमा शोध निर्देशन तालिम समापन गरियो । शुक्रबार,थेरवाद बुद्धिष्ट एकेडमीद्वारा आयोजित थेरवाद बुद्धिष्ट एकेडेमीको सभाहल, विश्वशान्ति विहारमा मिति २०८३ श्रावण १८ गते सोमबार देखि श्रावण २९ गते शुक्रबार सम्म भएको “शोध निर्देशन तालिम” आज सम्पन्न भयो । समापन कार्यक्रममा श्रद्धेय भिक्षु प्रा.डा. संकिच्च महास्थविज्यूले पञ्चशील प्रदान गर्नुका साथै बुद्धको शिक्षा बारेमा ओवाद गर्नुभयो । लुम्बिनी विश्वविद्यालयका निवर्तमान उपकुलपति प्रा.डा. सुवर्णलाला बज्राचार्यज्यूको प्रमुख आतिथ्यत्वमा लुम्बिनी बौद्ध विश्वविद्यालय नेपालकै गौरव भएको र नेपालीहरू धेरै बुद्धको शिक्षा अध्ययन गर्ने गराउने उद्देश रहेको र एकेडेमीको माध्यमबाट सारा विश्वमा प्रचारप्रसार गर्नु पर्ने बताउनु भयो । जम्मा २९ जना तालिममा सहभागीहरूलाई प्रमुख अतिथि प्रा.डा. सुबर्णलाल बज्राचार्यले प्रमाणपत्र वितरण गर्नुभयो । विशेष अतिथि प्रा.डा.मदन मानन्धरले आफूले थेरवाद बुद्धिष्ट एकेडेमीमा आएर आफू जानेको कुरा सिकाउँदै जाने र आफूले पनि केहि सिक्ने बताउनु भयो । कार्यक्रममा प्रशिक्षार्थीको तर्फबाट नेन्सी शाक्य र पुष्कर मानन्धरले तालिमबाट सिकेको अनुभव बताउनु भयो । थेरवाद बुद्धिष्ट एकेडेमीका प्राचार्य डा.त्रिरत्न मानन्धरको सभापतित्वमा भएको सभापति प्राचार्य डा.त्रिरत्न मानन्धरले स्वागत तथा कार्यक्रम बारे प्रकाश पार्नुभयो । अतिथि डा. सबिता धाख्या, शाक्यको पनि उपस्थिति थियोे । कार्यक्रममा धन्यवाद ज्ञापन थेरवाद बुद्धिष्ट एकेडेमीका बोर्ड मेम्बर अमिता धाख्वाले आयोजकको तर्फबाट सबैलाई धन्यवाद दिनुभयो । कार्यक्रम संचालन संगीना बज्राचार्यले गर्नुभयो ।
थेरवाद बुद्धिष्ट एकेडेमी काठमाडौंको विश्वशान्ति विहारमा शोध निर्देशन तालिम समापन












Leave a Reply