यो वर्षको नेपाल भाषा साहित्य तमुंज्या गोमारीमा हुने

भक्तपुर — यसवर्षको नेपाल भाषा साहित्य तमुंज्या गोमारीमा हुने भएको छ । नेपाल भाषाको संरक्षण, संवद्र्धन तथा प्रवद्र्धन गर्ने उद्देश्यले भक्तपुरमा नेपाल भाषा साहित्यसम्बन्धी कार्यक्रम आयोजना हुने गर्दै आएको छ । यो क्रममा यो वर्ष ४६ औं नेपाल भाषा साहित्य तमुज्या हुन लागेको हो । तमुंज्या प्रत्येक वर्ष दसैंमा हुने गर्दछ ।
नेपाल भाषा साहित्य तमुंज्याको आयोजनामा हुने कार्यक्रममा विभिन्न साहित्यिक तथा भाषिक गतिविधिसम्बन्धी छलफल तथा प्रस्तुति हुने जनाइएको छ । कार्यक्रममा साहित्य तथा नेपाल भाषाको विकासमा योगदान पु¥याउँदै आएका व्यक्तित्व तथा सरोकारवालाको सहभागिता रहने आयोजकले जनाएको छ ।
आयोजकका अनुसार कार्यक्रम यसवर्षको कार्यक्रम आयोजक समिति गठन गर्न यही २०८३ साल श्रावण २८ गते भोलि भक्तपुर नगरपालिका–७ स्थित सिद्धि गणेश तालिम हलमा भेला आयोजना गरिएको छ । कार्यक्रममा साँंझ ५ बजे सुरु हुने सूचनामा उल्लेख छ ।
नेपाल भाषाको संरक्षण र पुस्तान्तरणका लागि भाषा तथा साहित्यसम्बन्धी गतिविधिलाई निरन्तरता दिनुपर्ने आवश्यकता रहेको आयोजकको भनाइ छ । विशेषगरी नयाँ पुस्तालाई नेपाल भाषा, साहित्य र मौलिक संस्कृतिसँग जोड्न यस्ता कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *