हनुमन्ते र मनोहरा किनारका बासिन्दा स्थानान्तरण

बाढीको उच्च जोखिमपछि

भक्तपुर, ९ असोज: हनुमन्ते र मनोहरा खोला किनारका बस्ती बाढीको उच्च जोखिममा परेपछि त्यहाँका बासिन्दालाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ।

बाढीको जोखिमलाई मध्यनजर गर्दै खोला किनारमा बसोबास गर्दै आएका स्थानीयवासीलाई कौशलटारस्थित जनप्रेमी आधारभूत विद्यालयमा स्थानान्तरण गरिएको हो। जोखिम बढेपछि स्थानीयवासीलाई घर छाडेर सुरक्षित स्थानमा जान आग्रह गरिएको थियो।

स्थानान्तरण गरिएका बासिन्दाहरू विद्यालयमा आश्रय लिएर बसिरहेका छन्। उनीहरूका लागि आवश्यक खानेपानी, खाना तथा अन्य आधारभूत व्यवस्थापनको काम भइरहेको जनाइएको छ।

हनुमन्ते र मनोहरा खोलामा पानीको बहाव बढेसँगै आसपासका बस्तीमा बाढी पस्ने जोखिम उच्च रहेको स्थानीय प्रशासनले जनाएको छ। जोखिमयुक्त क्षेत्रमा रहेका बासिन्दालाई सतर्क रहन तथा सुरक्षित स्थानमा जान आग्रह गरिएको छ।

प्रशासन तथा सुरक्षा निकायले खोला किनारका बस्तीको अवस्था अनुगमन गरिरहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *