सन्त रामपाल जी महाराजको ७६औँ अवतरण दिवस : सतलोक आश्रम धनुषामा तीन दिवसीय महासमागम

जगतगुरु तत्त्वदर्शी सन्त रामपाल जी महाराजको ७६औँ अवतरण दिवसको पावन अवसरमा सतलोक आश्रम धनुषा, नेपालमा तीन दिवसीय महासमागम आयोजना हुँदैछ। यो कार्यक्रम भाद्र २१, २२ र २३ गते तीन दिनसम्म भव्य रूपमा हुने आयोजकले जनाएका छन्। उक्त कार्यक्रमका लागि सम्पूर्ण तयारीहरू लगभग सम्पन्न भइसकेका छन् र भोलिबाट औपचारिक रूपमा कार्यक्रम सुरु हुनेछ।

आयोजक पूर्ण ब्रह्म कबीर उपासक समाज नेपालका अनुसार यो महासमागम नेपालमा मात्र सीमित नरही भारतका ठूला-ठूला सतलोक आश्रमहरू तथा विश्वभर फैलिएका नामदान केन्द्रहरूमा पनि समान रूपमा भव्यताका साथ आयोजना हुनेछ।

कार्यक्रममा सन्त रामपाल जी महाराजका अनुयायीहरूले विभिन्न शास्त्रअनुकूल प्रमाणहरू प्रस्तुत गर्ने बताइएको छ। हाल विभिन्न भविष्यवक्ता तथा ज्योतिषहरूले कलियुगमा सतयुगको आगमन र परमात्माको अवतरणको चर्चा गरिरहेका बेला अनुयायीहरूले आफ्ना गुरु सन्त रामपाल जी महाराज नै उक्त अवतार हुन् भन्ने दाबी गर्दै आएका छन्। यस दाबीलाई प्रमाणित गर्ने उद्देश्यले कार्यक्रममा शास्त्रीय तथ्यहरू प्रस्तुत गरिने आयोजकले जनाएका छन्। यस विषयमा उठेका विभिन्न आवाजहरूलाई सम्बोधन गर्दै सम्पूर्ण धर्मका पवित्र ग्रन्थहरूबाट प्रमाणहरू प्रस्तुत गरी स्पष्ट पारिने एवं शङ्का समाधान गरिने पनि जानकारी प्राप्त भएको छ।

यस महासभामा सन्त गरिबदास जी महाराजद्वारा रचित अमर ग्रन्थ साहेबको तीन दिवसीय अखण्डपाठ, निःशुल्क नामदीक्षा, विशाल भण्डारा, रक्तदान शिविर, दाइजोमुक्त विवाह, आध्यात्मिक प्रदर्शनी, विशाल सत्संग, अखण्ड ज्योति यज्ञ जस्ता विविध कार्यक्रमहरू पनि सञ्चालन हुनेछन्।

सतलोक आश्रम धनुषा, नेपालमा आयोजना हुने यस तीन दिवसीय कार्यक्रमले ठूलो संख्यामा भक्तजनहरूलाई आकर्षित गर्ने अपेक्षा गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *