लागू औषधसहित एक जना पक्राउ

भक्तपुर, असोज ६ — लागू औषध बेचबिखन भइरहेको सूचनाका आधारमा प्रहरीले भक्तपुरको मध्यपुर थिमि नगरपालिका–७ बाट एक जनालाई विभिन्न प्रकारका लागू औषधसहित पक्राउ गरेको छ।

जिल्ला प्रहरी परिसर भक्तपुरका अनुसार असोज ५ गते अपराह्न ४ः३० बजे खटिएको प्रहरी टोलीले मोरङको पथरी शनिश्चरे नगरपालिका–१० घर भई हाल मध्यपुर थिमि–७ बस्दै आएका २६ वर्षीय बिकेश मगरलाई पक्राउ गरेको हो।

प्रहरीले उनको साथबाट ट्रामाडोल ३३० क्याप्सुल, नाइट्राभेट ३० पिस, ड्राइजिपाम १३ पिस, नोफिन १३ पिस र फेनेरागन १३ पिस बरामद गरेको जनाएको छ।

पक्राउ परेका मगरविरुद्ध लागू औषध मुद्दामा असोज ६ गते जिल्ला अदालत भक्तपुरबाट १० दिनको म्याद थप अनुमति लिई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ।

जिल्ला प्रहरी परिसर भक्तपुरले असोज ६ गते जारी गरेको प्रेस विज्ञप्तिमा सूचना अधिकारी प्रहरी नायव उपरीक्षक दिपक कुमार कार्की रहेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *