भक्तपुरमा विभिन्न मुद्दाका दुई फरार प्रतिवादी पक्राउ
भक्तपुर । जिल्ला प्रहरी परिसर भक्तपुरले फैसला कार्यान्वयनका क्रममा विभिन्न मुद्दामा फरार रहेका दुई जना प्रतिवादीलाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी परिसर भक्तपुरका अनुसार २०८३ कात्तिक ११ गते प्रहरी वृत्त ठिमी, जगाती तथा मातहतका प्रहरी कार्यालयबाट खटिएको टोलीले बाल यौन दुरुपयोग र लागूऔषधसम्बन्धी मुद्दामा फैसला कार्यान्वयन हुन बाँकी रहेका दुई जनालाई पक्राउ गरेको हो।
पक्राउ परेकामध्ये बाल यौन दुरुपयोग मुद्दाका एक प्रतिवादीलाई एक वर्ष छ महिना कैद र २० हजार रुपैयाँ जरिवाना तोकिएको छ। त्यस्तै, लागूऔषध मुद्दाका एक प्रतिवादीलाई एक लाख रुपैयाँ जरिवाना तोकिएको प्रहरीले जनाएको छ।
दुवै प्रतिवादीलाई आवश्यक कारबाहीका लागि भक्तपुर जिल्ला अदालतमा बुझाइएको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ।
जिल्ला प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक दीपककुमार कार्कीले उक्त जानकारी दिएका हुन्।










Leave a Reply