प्राविधिक त्रुटि सच्याएर बुद्धको प्रतिमा स्थापना गर्ने प्रतिबद्धता

भक्तपुर । मध्यपुर थिमि नगरपालिका वडा नं. ७ मा भगवान् गौतम बुद्धको प्रतिमा अनावरण तथा उद्घाटनका क्रममा भएको प्राविधिक त्रुटि सच्याएर नयाँ शिलालेख निर्माण गरी स्थापना गरिने भएको छ।

पूर्णिमाको दिन आयोजित कार्यक्रममा बुद्धको प्रतिमा अनावरण तथा उद्घाटनका क्रममा शिलालेखमा केही प्राविधिक त्रुटि देखिएपछि मध्यपुर थिमि नगरपालिका वडा नं. ७ का वडाध्यक्ष कृष्णकुमार प्रजापतिले उक्त त्रुटि सच्याउने प्रतिबद्धता जनाउनुभएको हो।

स्वर्गीय निरज बाडे तथा उपभोक्ता समितिसहितको सहभागितामा नयाँ शिलालेख निर्माण गरी स्थापना गर्ने प्रतिबद्धता व्यक्त गरिएको जनाइएको छ। त्रुटि सच्याउन पहल गर्नुभएकोमा वडाध्यक्ष प्रजापतिप्रति धन्यवाद व्यक्त गर्दै सम्बन्धित पक्षले शिलालेखमा भएका त्रुटि सच्याई सही विवरणसहित पुनः स्थापना हुने विश्वास व्यक्त गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *