पाटन क्याम्पसमा नेपाल भाषा पढ्ने बिद्यार्थीलाई छात्रवृत्ति

आसोज १ गते २०८३ नेपाल भाषा संरक्षणका लागि नेपाल भाषा अध्ययन गर्ने बिद्यार्थीलाई हलिं नेवाः दबू (डब्लुएनओ)ले छात्रवुत्ति बितरण गर्दै आएको छ । यसै क्रममा बुधवार यो बर्ष पनि पाटन संयुक्त क्याम्पसमा नेपाल भाषामा स्नातक तह तेस्रो बर्ष अध्ययनरत ७ जना बिद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गरिएको छ । क्याम्पस प्रमुख रघुबिर विष्टको प्रमुख अतिथिमा भएको उक्त कार्यक्रममा विष्टले यस्तो छात्रवृत्ति कार्यक्रमले बिद्यार्थीहरुमा नेपाल भाषा अध्ययन गर्ने हौसला बढ्ने बताउँदै उत्कृष्ट बिद्यार्थी प्रोत्साहान स्वरुप पुरस्कारको ब्यवस्था गर्नसके अझ राम्रो हुने कुरा ब्यक्त गर्नुभयो । त्यस्तै केन्द्रका उपाध्यक्ष्य सुरेन्द्रले अर्को बर्ष देखि २५ देखि ३० जनालाई छात्रवृत्ति प्रदान गर्नेगरि अध्ययकोष बनाउन केन्द्रि लागिपरेको जानकारी दिनुभयो । नेपाल च्याप्टरका अध्यक्ष्य रमेशमान मुनिकारले छात्रवृत्ति पाउने बिद्यार्थीहरुलाई बधाई एवं शुभकामना दिदै दाताहरुलाई धन्यवाद दिनुभयो । क्याम्पसको तर्फबाट नेपाल भाषा प्रशिक्षण समितिकी प्रमुख उपप्राध्यापक निर्मला श्रेष्ठको र हलिं नेवाः दबूको तर्फबाट (डब्लुएनओ) नेपाल च्याप्टरका अध्यक्ष्य रमेशमान मुनिकारको समन्वयमा भएको थियो । क्याम्पसको सभाहलमा भएको कार्यक्रममा बिद्यार्थीहरुलाई एक बर्षको फिस र पढाइ खर्च गरि प्रति बिद्यार्थीलाई जम्मा रु १५ हजारका दरले छात्रवृत्ति प्रदान गरिएको हो । छात्रवृत्ति पाउने बिद्यार्थीहरु मिजमान शाक्य, रिना श्रेष्ठ, राममाया जोशी महर्जन, रविना महर्जन, रमिता अवाने, रश्मी महर्जन र सविना श्रेष्ठ रहेका छन् । उक्त छात्रवृत्तिका लागि हलिं नेवाः दबु (डब्लुएनओ)का जर्मन अध्यक्ष्य एवं युरोप कोर्डिनेटर कुमार नापितलगायत रामकाजी गोसाँई, दिनेश प्रधान र सोम श्रेष्ठ सहयोग गर्नुभएको थियो । त्यसैगरि युएईको दुबई निवासी (डब्लुएनओ)का केन्द्र्रिय उपाध्यक्ष्य विरेन्द्र नकर्मी, (डब्लुएनओ)का बेल्जियम निवासी केन्द्रिय सदश्य रजनी प्रधान, रहेका छन् भने नेपालबाट (डब्लुएनओ)नेपाल च्याप्टरका कानुनी सल्लाहाकार अनिल श्रेष्ठ र कार्यसमिति सदश्य सुमान बादे श्रेष्ठले सहयोग गर्नुभएको थियो । कार्यक्रममा (डब्लुएनओ) केन्द्रिका उपाध्यक्ष्य सुरेन्द्र श्रेष्ठ, महासचिव लुमु श्रेष्ठ, केन्द्रिय सदश्य अन्जना ताम्राकार र नेपाल च्याप्टरबाट अध्यक्ष्य रमेशमान मुनिकार, पुर्वअध्य शाक्य सुरेन्द्र, वरिष्ठ उपाध्यक्ष्य राधेश्याम त्वानावासुलगायत कार्यसमितिका सदश्यहरुको उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *