काठमाडौं । आज (मंगलबार) १८ आंै राष्ट्रिय धान दिवस मनाइदै छ । ‘धान उत्पादनमा वृद्धि ः खाद्य सुरक्षा, आत्मनिर्भरता र समृद्धि’ नाराका साथ राष्ट्रिय धान दिवस तथा रोपाई महोत्सव २०७८ मनाउन लागेका हो ।
कोभिड–१९ का लागि स्वास्थ्य मन्त्रालयले स्वास्थ्य मापदण्डको पालना गर्दै दिवस मनाउन लागिएको हो। कृषि विभाग, नेपाल कृषि अनुसन्धान परिषद (नार्क) र बाली विकास तथा कृषि जैविक विविधता संरक्षण केन्द्रको संयुक्त आयोजनामा दिवस मनाउन लागिएको हो।
दिवसको अवसरमा नार्कको राष्ट्रिय बाल विज्ञान अनुसन्धान केन्द्र खुमलटारको परिसरमा कार्यक्रमको आयोजना गरिएको छ ।
किसान वर्षभरका लागि छाक जुटाउन यो महिना खेतीमा व्यस्त हुन्छन्। आजका दिन असारे भाकामा लोकदोहोरी गाउँदै छुपुछुपु हिलोमा धान रोप्ने गरिन्छ।










