अनावश्यक भीड वढेपछि भक्तपुरमा सवारी पास दिन बन्द

अनावश्यक रुपमा अति आवश्यक भन्दै झुकाएर सवारी पास लिन आउनेहरुको संख्या  निरन्तर वढेको बढे भएपछि जिल्ला प्रशासन कार्यालय भक्तपुरले शुक्रबारदेखि सवारी पास वितरण गर्न बन्द गरेको छ । कार्यालयले शुक्रबार एक सूचना जारी गरी अव अतिआयावश्यक मृत्यु संस्कार र अत्यन्तै जरुरी कार्यको लागि मात्रै स्थानीय तलको सम्बन्धित वडा कार्यालयको सिफरिस लिएर आएकाहरुलाई मात्रै सवारी पास दिने जनाएको छ ।

जिल्ला प्रशासन कार्यालय भक्तपुरका प्रशाशकीय अधिकृत यज्ञराज जोशीबाट जारी सूचनामा अनावश्यक व्यक्तिहरुले पनि अति आवश्यक भनी झुकाएर सवारी पास लिन आउनेहरुको भीड नघटेकाले कडाई गर्नुपरेको जनाइएको छ । लकडाउनको समयदेखि नै अनावश्यक व्यक्तिहरु अति आवश्यक भनी झक्याई सवारी पास लिन आउने भीड निरन्तर बढेकाले स्थानीय निकायबाट स्वीकृति लिएर आएकाहरुलाई मात्रै पास दिने जनाइएको छ ।
[[img2]]

जोशीले खाद्यान्नका पसलहरु भने बिहानदेखि १० बजेसम्म र साँझ ५ बजेदेखि ७ बजेसम्म खाल्न पाइने जानकारी दिए । यातायातका साधनको हकमा भने अति आवश्यक खाद्यान्नलगायत दैनिक उपभोग्य सामान बोक्ने र अति आवश्यक कामको लागि प्रयोग गर्ने साधानलाई निर्वाध रुपमा चलाउन दिने उनले स्पष्ट पारे ।
विरामी तथा कुरुवा, सरकारी कार्यालय तथा सार्वजनिक संस्थान, बैक, वित्तीय संस्था, विमा, एयरर्पोटमा जानेआउने यात्रुहरुको हकमा सवारी पास आवश्यक नपर्ने बताएको छ । यस्ता व्यक्तिहरुलाई कहीकतै अवरोध भएका सहजीकरणका लागि नेपाल प्रहरीको  १०० र १०३ नम्वरमा फोन गर्न सकिने जनाइएको छ ।