कृषि क्षेत्रमा कलम चलाउने पत्रकारहरुको एउटै साझा संस्था बनाउने उदेश्य सहित साँढे दुई दशकदेखि पत्रकारितामा क्रियाशील अन्र्तराष्ट्रिय पत्रकार महासंघका सदस्य समेत रहेका पत्रकार बैकुण्ठ भण्डारीको नेतृत्वमा नेपाल कृषि पत्रकार महासंघ गठन भएको छ ।
पेशागत अधिकार र श्रमजिवी कृषि पत्रकारको आवाज बुलन्द बनाउँदैं सम्बन्धित निकायसम्म पु¥याउने उदेश्यले स्थापित महासंघको पदाधिकारीको वैठकले कृषि पत्रकारको स्वास्थ सुरक्षालाई लक्षित गरी २५ लाखको कृषि पत्रकार स्वास्थ्य उपचार कोष स्थापना गर्ने निर्णय एवं घोषणा समेत गरेको छ । देशैभर समान उदेश्य राखि स्थापना भएका कृषिसंग सम्बन्धीत संचार संस्थाहरुलाई छाता संगठनमा आवद्धताका लागि समेत महासंघको पहिलो वैठकले आव्हान गरेको छ ।
साथै महासंघले सातै प्रदेशमा छरिएर रहेका कृषि पत्रकारहरुलाई संगठित गरी महासंघको सातै प्रदेश शाखा विस्तार गरेको छ ।










