मध्यपुर थिमि । भक्तपुरको मध्यपुर थिमिमा २८ औँ विविध भाषा साहित्य सम्मेलन तथा सांस्कृतिक कार्यक्रमको प्रचारार्थ प्रभातफेरि कार्यक्रम हुने भएको छ । विविध भाषा, साहित्य तथा संस्कृतिको संरक्षण र प्रवद्र्धन गर्ने उद्देश्यले हुने साहित्य सम्मेलनको प्रचारार्थ प्रभातफेरि कार्यक्रम आयोजना गर्न लागिएको हो ।
प्रभातफेरि कार्यक्रम २०८३ कात्तिक १४ गते शनिबार साँझ ६ः३० बजे हुनेछ । प्रभातफेरि कार्यक्रम कुम्हालाछी, नगदेश, बोडे, कमल पोखरी, मगरगाउँ, सानोठिमी, लोकन्थली, कौशलटार, गठ्ठाघर, शंखधरचोक, बालकुमारी, चपाचो र बहाखाबजारलगायतका स्थानमा हुनेछन् ।
स्थानीय भाषा, साहित्य, कला तथा संस्कृतिको महत्त्व उजागर गर्दै नयाँ पुस्तामा सांस्कृतिक पहिचान हस्तान्तरण गर्न प्रत्येक वर्ष तिहारमा यहांँ विविध भाषा साहित्य सम्मेलन चल्दै आएको छ ।
विविध भाषाको प्रचारार्थ मध्यपुर थिमिमा प्रभातफेरि हुने











Leave a Reply