यज्ञ कार्की
गुण्डू ७ भक्तपुर
पल्टायर हेरेँ समयलाई त्यो त द्रुत गतिमा डौडीरहेको रहेछ । यो ब्राह्मण्ड रचनागर्ने ती परम पुरुषलाई अब नमनः गर्ने मन समयसंग मिलाप गर्दै जान मन गर्दैछ । हिजोसम्म जे थियो, जे थिएन भन्न परिरहेछ ,फेरि भोली जे हुनेछ त्यो हुनेनै छ यसमा कुनै आपत्ति नै छैन । आज यो धरातलमा किन केही हिजोको जस्तो आज भएन त ? केले कहिलेदेखि र केकालागी यी सब बदली नयाँ नयाँ रुपमा लगौ भनी कोशिस गरिरहेछन ? तर पनि प्राकृतमा जे थियो अति उत्तम थियो यसैले म प्राकृतलाई पनि नमनः नै गर्दछु र
यसका विराधीहरुलाई पनि मानवजातीकामात्र हैन सम्पुर्ण जीव जन्तु र चेतनका बिरोधी नै हुन भन्ने मान्दछु ,किन बनाए त ऐटम बम, नापाम बम, हाईडोजन बम ? के यो प्राकृत अनुकुल थियो त ? थिएन भन्दा अनुपयुक्त हुने छैन । हुनत प्रकृतिबाटै प्रकृतीको शक्ति नष्ट गराउन खोजीएको हो । आज यस समयमा आईपुग्दा कति कति छाडे ? कति कति समाए ? कति, कतिका स्वरूप बदलिए, यस अर्थले सत्य कहाँ थियो त ? बदलिनु सत्य थिएन ,देखिनु सत्य थिएन नदेखिनु सत्य थियो ,नबदलिनु सत्य थियो तर अहिले केहि नबदलिनुकालागि पनि के गरियो त ? के गरिएन त ? यसको सवाल जवाफ ठिकसंग दिन सक्दिन, अहिले आएर एकै क्षण बिधातासंग प्रश्न गरुँ की भन्दा मौन रहेका अनि स्वरुप नबदल्ने उनले मौनमै उत्तर दिईरहेका रहेछन । बुझेनौउ त के भयो ? बुझ्यौउ त के भयो ? तिमीमात्र होईन सपुर्ण चेतन बसेको स्थानले स्वरुप बदल्छ नै, बदल्नु पर्दछ नै । हिजो देखेको बस्तु वा जीव जगत के आज बदलिएको छैन त ? त्यसैले त हिजो देखेको कुरा आज कसरी देखाउदछौ तिमी ? तिमी फेरि भनौला त्यस्को पनि चित्र चलचित्र खिच्न सकिन्छ र खिचेर देखाउन सकिन्छ अनि त्यहिनै थियो भनेर देखाँउला तर त्यो अहिलेको यथार्थ स्वरुप भएन नी अतः सत्य कहाँ छ यर्थातमा त रहिरहेन भएन यसैले त्यहाँ फरक परिसकेकै छ हैन र ? तर सत्य कहाँ नै छ र त्यहाँ? त्यो त बिगत भएर गई सकेकै छ समयले पाखा लगाई दियो भन्नै परेको छ र त्यसैले मुठ्ठीमा पानी बाँध्ने कोशिस नगर तिमी हिजै तिमिले “ऋत सन्देश “ तयार गरेर म देखाँउदछु र म खराबीलाई असलीमा लैजाने जागरण ल्याई बदल्ने छु भनेका होईनौ ? खै त कहाँ गयो तिम्रो प्रयास ? संसार तिमीले बदलिएर बदलिने होईन ,जीवन मृत्यु पनि सदा रहिरहने होईन जो सदा रहिरहन्छ त्यसलाइ न चिन्ह सक्दछौ न देख्न नै ।
आज यसपलमा मेरालागीमात्र यो अपुर्व रोगले ममा किन प्रवेश पायो ? ठान्दछु योे मेरो कर्म फल हो , ठान्दछु यो मेरो भाग्य हो । या दैवको लिला हो या ठान्दछु आजतकको बेहोशीबाटै यसले प्रवेश पाएको हो या हो के ? यी सबबाट हैरानी हुने ममात्र होईनौ म जस्ता लाखौ प्राकृतमा छन । सन्तोष लिन जानीनीएन त के भयो न लिऊ । सन्तोष लिन जानीयो त के भयो ? लिऊ । फरक पर्याे र संसारलाई ? तिमी क्षुद्र होईनौ ,तिमी बहुलठ्ठी पनि होईनौ ,अप्राकृत पनि होईनौ तर सोच्न हरेक सक्दछन मानीसले सोचिरहेकै होलान यो प्रासंगीक छ वा छैन म भनी रहन्न ,तिमी भन्न सक्दछौ भने भन । प्रासंगीक वा अरु केही यो बिषय ठुलो पनि होईन तर ठुलो बनाउन सक्दछन पनि दुनियाँ । अब अन्तिममा म तिमी संगै छु तर हेर्ने प्रयास ,चिन्हे प्रयास नगरिदिदा लुप्त भैरहेको हुँ तिमीले अनगिनत पुर्व कर्महरूको संगालो यो समयसंग मिलाउने गरि मिलान गर्ने हो भने पनि मेल खादैन तर पछि समय पछ्याउने चाहतलाई तिमी यसरी हेर जहाँ छ र छैन यसै खेलमा भाग लिईरहन्छौऊ भने पार पाउँदैनौऊ त्यसैले खेललाई हेर ,खेलमा भाग नलिऊ । तिमी भन्दा शक्तिशाली त तिमी भित्रै रचनाकार उहीँ भै उ हेरीरहने पनि उहीँ उ भएको छ नी , तब बुझ समयलाई अनिमात्र डौडीरहेको समयलाइ भेटी उसलाई चिन्ह सकौला , अन्यथा समय दौडीरहेको छ हेर्ने फुर्सद पनि छैन हैन ,तिमीलाई ? किन आएन अन्तिम घडीमा एक पटक अबश्य आउने छ तिमी हामी सबैमा तब उसंग परिचय नै हुन पाँउदैन हामीहरुको हैन र ? समय धेरै अगाडि गईसकेको हुनेछ ।
अस्तु २०८३÷ ७ ÷७ शनिवार ।












Leave a Reply