बिनासकारी बाढीबाट भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त

भक्तपुर । सिन्धुपाल्चोकको भोटेकोशी नदीमा आएको बिनासकारी बाढीबाट भएको जनधनको क्षतिप्रति नेपाल इन्जिनियरिङ कलेज परिवारले गहिरो दुःख व्यक्त गरेको छ। कलेजले बिहीबार एक शोक विज्ञप्ति जारी गर्दै बाढीका कारण मृत्यु, बेपत्ता, घाइते तथा विचलित भएका सम्पूर्णप्रति हार्दिक श्रद्धाञ्जली, समवेदना र सहानुभूति व्यक्त गरेको हो।

विज्ञप्तिमा भनिएको छ, “यस विपद्का कारण ज्यान गुमाउन हुने सम्पूर्णप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना प्रकट गर्दछौं।” त्यस्तै, बाढीबाट प्रभावित परिवार तथा समुदायप्रति हार्दिक सहानुभूति व्यक्त गर्दै घाइते तथा प्रभावित सम्पूर्णको शीघ्र स्वास्थ्य लाभको कामना गरिएको छ।

नेपाल इन्जिनियरिङ कलेज परिवारले विपद्को यस दुःखद घडीमा प्रभावित परिवार तथा समुदायसँग ऐक्यबद्धता जनाउँदै आवश्यक सहयोगका लागि साथमा रहने जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *