भक्तपुर । बागमती प्रदेश सभा सदस्य सिर्जना सैंजूले स्थानीय हस्तकला, कृषि उत्पादन कुनै पनि जिल्लाको आर्थिक जग भएकाले त्यसको प्रवद्र्धन गर्नुपर्नेमा जोड दिएकी छन् ।
भक्तपुर उद्योग वाणिज्य संघको आयोजना एवं उद्योग तथा वाणिज्य कार्यालय भक्तपुरको सहकार्यमा सञ्चालन भएको स्थानीय सीप तथा उत्पादन व्यापार मेला एवं खाना महोत्सव २०८२ को आइतबार उद्घाटन गर्दै प्रदेश सभा सदस्य सैंजूले स्थानीय मौलिक उत्पादनहरु एवं स्थानीय स्रोत तथा साधनबाट निर्मित हस्तकलाका सामग्रीहरु प्रवद्र्धन गर्न मेलाले महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताइन् ।
युवाहरुको बढ्दो विदेश पलायनप्रति चिन्ता व्यक्त गर्दै उनले देशमै स्वरोजगार सिर्जना गर्नका लागि सीपमूलक तालिम सञ्चालन गर्नुपर्नेमा जोड दिइन् । उनले अहिले हरेक १ मिनेटमा तीनजना युवा विदेश गइरहेको भन्दै युवाहरुको बढ्दो विदेश पलायन रोक्न सरकारले कुनै प्रयास नगरेको आरोप लगाइन् । मौलिक संस्कृतिबारे युवा पुस्तालाई जानकार गराउँदै मौलिक सीप हस्तान्तरण गर्न सकिएमा स्वरोजगारमा वृद्धि हुने उनको भनाइ छ ।
भक्तपुर उद्योग वाणिज्य संघकी अध्यक्ष रोशनीमैयाँ धौबन्जाले प्रतिस्पर्धी व्यवसायिक कृषि, दिगो पर्यटन तथा निर्यातमुखी हस्तकला एवं जिल्लाका अन्य उद्योग व्यवसायहरुको समेत प्रवद्र्धन तथा विकास गर्ने संघको दृष्टिकोणलाई मध्यनजर गर्दै जिल्लाका मौलिक उत्पादन एवं स्थानीय स्रोत र साधनबाट निर्मित हस्तकलाका सामानहरु, औद्योगिक उत्पानहरुको प्रवद्र्धन तथा नविन सम्भावनाहरुको पहिचान र सदुपयोग गरी जिल्लाको आर्थिक उत्थानमा टेवा पु¥याउन व्यापार मेला आयोजना गरिएको जानकारी दिइन् । मेला आयोजनाबाट भक्तपुर जिल्लाको आर्थिक, सामाजिक एवं सांस्कृतिक गतिविधिहरु वृद्धि भई विकासमा नयाँ आयाम कोरिने उनले विश्वास व्यक्त गरिन् ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ, जिल्ला शाखा भक्तपुरका अध्यक्ष सुन्दर शिल्पकार, राष्ट्रि«य उपभोक्ता मञ्च जिल्ला शाखा भक्तपुरका अध्यक्ष मनोज थापा, भक्तपुर उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष शिवप्रसाद मानन्धर, वरिष्ठ उपाध्यक्ष कृष्णमुरारी न्यौपाने, उपाध्यक्ष राजेन्द्रप्रसाद प्रजापति, महासचिव नविन प्रजापतिले आआफ्नो धारणा राखेका थिए ।
यसैबीच, भक्तपुर उद्येग वाणिज्य संघको आयोजनामा जिल्लामा शुक्रबारदेखि सञ्चालित भक्तपुर औद्योगिक प्रवद्र्धन व्यापार मेला र स्थानीय सीप तथा उत्पादन व्यापार मेला एवं खाना महोत्सव सम्पन्न भएको छ ।
उद्योग तथा वाणिज्य कार्यालय भक्तपुरको सहकार्यमा मेला सञ्चालन गरिएको हो । शुक्रबार र शनिबार भक्तपुर औद्योगिक प्रवद्र्धन व्यापार मेला २०८२ र आइतबार स्थानीय सीप तथा उत्पादन व्यापार मेला एवं खाना महोत्सव २०८२ आयोजना गरिएको संघकी अध्यक्ष रोशनीमैयाँ धौबन्जाले जानकारी दिइन् । भक्तपुर औद्योगिक प्रवद्र्धन व्यापार मेलाको बागमती प्रदेश सभा सदस्य सुरेन्द्रराज गोसाईले उद्घाटन गरेका थिए ।
प्रतिकूल मौसमका बीच आयोजना गरिएको मेला सोचभन्दा पनि राम्रो भएको आयोजक संघले जनाएको छ । संघका अनुसार मेलामा करिब १० हजार जनाले अवलोकन गरेका छन् भने ५० लाख हाराहारीमा कारोवार भएको छ ।
मेलामा माृृृृैलिक हस्तकलाका उत्पादनहरु, कृषि उत्पादनहरु, साना तथा मझौला उद्यमीहरुद्वारा उत्पादित सामग्रीहरु, चित्रकला, मूर्तिकला, मुकुण्डो, भादगाउँले कालो टोपी, भोजपुरे खुकुरी लगायतका प्रदर्शनी स्टल, औद्योगिक उत्पादनका व्यापारिक स्टल, स्थानीय खानाका स्टल गरी ४३ वटा स्टल रहेका थिए । मेलामा बालबालिकाहरुलाई मनोरञ्जनको लागि बाल उद्यान राखिएको थियो । मेला अवधिभर प्रत्येक दिन बिहान १० बजेदेखि दिउँसो २ बजेसम्म रक्तदान कार्यक्रम समेत राखिएको थियो ।
नेपाल उद्योग वाणिज्य महासंघ सहयोगी निकाय रहेको उक्त मेलाको प्रवद्र्धकमा चाँगुनारायण नगरपालिका कार्यालय रहेको थियो भने सोसियल पार्टनरमा लायन्स इन्टरनेसनल र ब्लड डोनर्स एशोसिएसन नेपाल रहेका थिए । सञ्चार साझेदारका रुपमा ङातापोल एक्सप्रेस दैनिक, नमस्ते ख्वप एचडी, भक्तपुर एफएम र भादगाउँ टेलिभिजन रहेका थिए । मेलाको इन्स्योरेन्स पार्टनरका रुपमा युनाइटेड अजोड इस्योरेन्स लिमिटेड र सिटिजन लाइफ इन्स्योरेन्स रहेका थिए भने इन्ट्रोडक्सन ट्रेड सोज नेपाल प्राइभेट लिमिटेडले मेला व्यवस्थापन गर्ने जिम्मेवारी लिएको थियो । ृ










