नविना श्रेष्ठ
नेपाल स्काउट लुम्बिनी प्रदेश स्काउट कार्यालयका प्रदेश सहायक नमिता बमरेल थापाको असमायिक र अल्पायुमा भएको निधनले नेपाल स्काउट परिवार नै स्तब्ध भएको छ।
यस दुखद घडीमा उनको चिरशान्तीको कामना गर्दै नेपाल स्काउट राष्ट्रिय प्रधान कार्यालय लैनचौरले हार्दिक श्रद्धाञ्जली व्यक्त गरेका छन्। साथै शोक सन्तब्ध परिवारजनहरुमा गहिरो समबेदना ब्यक्त गरेका छन्। नमिताले नेपाल स्काउटको विकास र विस्तारमा पुर्याइएको योगदानप्रति नेपाल स्काउट परिवार सधै आभारी रहने नेपाल स्काउट राष्ट्रिय प्रधान कार्यालय लैनचौरले बताए।
कलिलै उमेरमा विवाहित भएको नमिताको एक छोरा रहेको छ। पतिको पनि केही साल अगाडी दुर्घटना भई निधन भएको हो भने अहिले आमा ,नमिता र सानो छोरो मात्र संगै बस्दै आएका थिए .










