काठमाडौं । नेपाल राष्ट्रिय तामाङ घेदुङ्ले राष्ट्रिय खेलकुद परिषद्का नव नियुक्त सदस्य सचिव टङ्कलाल घिसिङलाई सम्मान गरिएको छ । सम्मान कार्यक्रममा घिसिङले खेलकुद क्षेत्रले मात्रै देशको नाम चिनाउन सकिने भएकोले नेपाली खेलकुदलाई माथि उठाउन कुनै कसर नराखी योजना बनाएर सार्वधिक पदकको सम्भावना भएका खेललाई पहिलो प्राथमिकतामाको सूचीमा राखिने धारणा गर्नुभयो । साथै घिसिङले सबै खेल र खेलाडीहरुलाई समान प्राथमिकतामा राखेर अगाडि जाने प्रतिबद्ध गर्नुभयो ।
राष्ट्रिय घेदुङ्कका महासचिव प्रबिनकुमार लामाले बधाई तथा शुभकामना दिदै खेल क्षेत्रको बिकाशमा कोशेडुङ्गा साबित हुने बिश्वास गर्नुभएको थियो । नव नियुक्त सदस्य सचिब घिसिङलाई संघीय अध्यक्ष वीरबहादुर योन्जनले तामाङको चिनारी ढम्फु प्रदान गर्दै सम्मान गर्नुभएको थियो ।


